नेपाली कामदारलाई मलेसिया पठाउने सम्झौता नजिक
प्रकाशित मिति : भाद्र ४, २०७५ सोमबार
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारले अनावश्यक रुपमा थप १९ हजार तिर्नुपरेको भन्दै गत जेठ २ गतेदेखि मलेसियामा नेपाली पठाउन रोक लगाईरहेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।
श्रम सम्झौता गर्न दुई देशमा अधिकारबीच चरणबद्ध वार्ता भएका छन्, झन्डै डेढ बर्षदेखि रोकिएको वार्ता पनि सुचारु हुने वातावरण बनिरहेको छ, मलेसियाका लागि कार्यवाहक नेपाली राजदुत कुमार खरेलले भने, दुवै देशका सरकार नया ढंगले अगाडि बढ्ने संकेत देखापरिरहेको छ। हामी आशावादी छौँ।
मलेसिया पनि यसमा सकारात्मकम देखिएको छ ।





