पशुपति परिसरमा लापरबाही : बेन्चमा बस्दा करेन्ट लागेर ज्यान गयो


प्रकाशित मिति : भाद्र ३, २०७५ आईतबार

पशुपति क्षेत्र विकास कोषको लापरवाहीले एक व्यक्तिको मृत्यु भएको छ । शनिबार राति ८ बजेको समयमा काम सकेर पशुपति क्षेत्रस्थित बेञ्च आराम गर्न बसेका काठमाडौं महागरनगरपालिका-७ का ४४ वर्षीय पुष्प गन्धर्वको करेन्ट लागेर मृत्यु भएको हो ।

पशुपति क्षेत्रभित्र रहेको स्टिलको बेञ्चमा जोडिएको विद्युतीय तारबाट करेन्ट लागेर उनको मृत्यु भएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ। गाइडको काम गर्ने गन्धर्व काम सकेर आराम गर्न बसेको बेला करेन्ट लागेर मृत्यु भएको उनका छोरा राजेश गन्धर्वले बताए ।

कोषले जथाभावी करेन्ट जोडेर लापरवाही गरी गन्धर्वको मृत्यु भएको भन्दै स्थानीयले जयवागेश्वरी क्षेत्रमा विरोध प्रर्दशन गरी केही समय सडक अवरोध समेत गरेका छन् ।

परिवार तथा आफन्तले कोषको लापरवाहीले गन्धर्वको ज्यान गएको आरोप लगाएका छन् । उनीहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको समेत माग गरेका छन् । पीडितपक्षले प्रहरी वृत्त गौशालामा कोषविरुद्ध उजुरीसमेत दर्ता गराएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com