किम जोङ उनद्वारा आफ्नी बहिनीसँग विवाह गर्ने युवालाई १००० करोड दिने घोषणा


प्रकाशित मिति : भाद्र ३, २०७५ आईतबार

उत्तर कोरियाका नेता किम जोङ उनलाई विश्वका अन्य दाजुलाई जस्तै आफ्नी बहिनीको विवाहको कुराले सताएको छ। आफ्नी बहिनीको उमेर ढल्किन लागेपछि उनलाई बहिनीको विवाहको चिन्ताले सताउन थालेको हो। किम जोङ उन एक तानाशाह हुन्। योसँगै उनी एक दाजु पनि हुन्।  यतिबेला किम जोङ उन आफ्नी २० वर्षीया बहिनीकालागि केटाको खोजीमा रहेका छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार आफ्नी बहिनीकालागि भनेजस्तो केटा पाइयोस् भनेर उनले वहिनीको विवाहमा धेरै सम्पत्ति दिने घोषणा पनि गरेका छन्। मानिसहरु किम जोङ उनलाई क्रुर तानाशाहका रुपमा हेर्ने गर्छन्। यस्तोमा किमकी बहिनीसँग विवाह गर्नु रिस्क लिनु जस्तै हो। यही डरका कारण अहिलेसम्म योग्य केटाहरु किमकी बहिनीसँग विवाह गर्न डराइरहेका छन्। जसको असर उनकी वहिनीको विवाहमा देखिएको छ।

आफ्नी बहिनीको चाँडै विवाह होस भनेर किमले १००० करोड रुपैयाँ नगद दिने घोषणा गरेको संचारमाध्यमले दाबी गरेका छन्। त्यतिमात्रै उनले किनले हुनेवाला ज्याइँकालागि नगद बाहेक भव्य महल पनि दिने घोषणा गरेका छन्।  उनले आफ्नो बहिनीसँग विवाह गर्ने युवाकालागि केही सर्तसमेत राखेका छन्।

जसअनुसार किमकी बहिनीसँग विवाह गर्ने युवा प्योङयाङ विश्वविद्यालयबाट स्नातक गरेको हुनुपर्ने, उसको उचाइ ५ फिट दश इन्च  र वजन ७५ किलोभन्दा कम हुन नहुने, युवकको रंग गोरो हुनुपर्ने र अनुहारमा कुनै दाग हुनु नहुने र सेनाको पृष्ठ भूमिकबाट हुनुनपर्नेछ।  यदि कोही नवयुवकले यी सबै कुरा उत्र्तिण गर्यो भने उसलाई १००० करोड नगदसहित किम जोङ उनकी सुन्दरी बहिनीको साथ जीवनभर मिल्नेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com