कलंकी अन्डरपास आजदेखि सञ्चालनमा


प्रकाशित मिति : भाद्र १, २०७५ शुक्रबार

कलंकी अन्डरपास सञ्चालनमा आउने भएको छ । चिनियाँ सहयोगमा निर्माण भएको कलङ्की अन्डरपास आज शुक्रवारदेखि संचालनमा आउने भएको हो । सडक विभागका महानिर्देशक मनिन्द्र नाथ श्रेष्ठले सांसदको विकास समितिको बैठकमा चिनियाँ निमार्ण कम्पनीसँग अन्डरपास सञ्चालन गर्ने बारे छलफल भएको जानकारी शुक्रवारको बैठकमा जानकारी दिएका थिए ।

कलङ्की चोकमा अन्डरपास निर्माणको काम सम्पन्न भइसकेको र सन्चालनमा आएसँगै उक्तद क्षेत्रले वर्षैदेखि खेप्दै आएको सडक जाम हट्ने अपेक्षा स्थानियबासीले गरेका छन् ।

‘अन्डरपास’ चार लेन फराकिलो र ३८ मिटर लामो छ । सडक जाम कम गर्न निर्माण गरिएको ‘अन्डरपास’ को सञ्चालनपछि नागढुङ्गा तर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधनहरू अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन् ।
त्यसैगरी, चक्रपथमा घुम्ने सवारी साधनहरू जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर सञ्चालन हुनेछ । त्यस्तै खसी बजारबाट नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङ्गा र कालिमाटीतिर जानका लागि पनि दुई–दुर्ई लेनको छुट्टै सर्भिस ट्रयाक निर्माण गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com