अमेरिकामा एसाइलम : देशनिकाला भइसकेकालाई न्यायाधिसबाट फिर्ता


प्रकाशित मिति : श्रावण २६, २०७५ शनिबार

अमेरिकाबाट देशनिकाला गर्नका लागि जहाज चढाइएका २ जनालाई एकजना संघीय न्यायाधिसको आदेशमा फिर्ता ल्याइएको छ । शरण खोज्दै अमेरिका आएकी एक महिला र उनकी जवान छोरीलाई ट्रम्प प्रशासनले एल साल्भाडोर फिर्ता पठाउनका लागि जहाज चढाएको थियो ।

उनीहरुले आफ्नो एसाइलम मुद्दाकाबारे ट्रम्प प्रशासनलाई अदालतमा चुनौती दिइरहेकै बखत देशनिकालाको प्रयास गरिएको थियो । तर वासिंटनका युएस डिस्ट्रिक्ट जज इमेट सुलिभानले उनीहरुलाई फिर्ता नल्याइएमा महान्यायाधिवक्ता जेफ सेसनलाई नै अदालतको अवहेलना गरेको अभियोगमा कठघरामा उभ्याउने चेतावनी दिएपछि जहाज चढाइसकिएका उनीहरुलाई फिर्ता ल्याइएको छ । यी न्यायाधिसलाई सन् १९९४ मा राष्ट्रपति बिल क्लिन्टनले नियुक्त गरेका थिए ।

उसो भए अमेरिकामा एसाइलमका लागि चाहिने डर कस्तो ?

 

अदालतको आदेशपछि एल साल्भाडोरका लागि पठाइदै गरेका आमाछोरीलाई टेक्सास फिर्ता ल्याइएको छ । संघीय अदालतमा मुद्दाको प्रतिनिधित्व गरिररहेको अवस्थामा मुद्दा पेन्डिङ रहँदै मुद्दाको प्रतिनिधित्व गर्ने आप्रवासीलाई देशनिकाला गर्न नपाइनेमा न्यायाधिसले सहमति जनाएका हुन् ।

उनीहरुलाई देशनिकाला गरिदै गरेको थाहा भएपछि मुद्दाबारे आपतकालिन सुनुवाई गरिएको थियो । घरेलु हिंशा र गिरोह हिंशाबाट पीडित ती आमाछोरीको एसाइलम दावी गलत तरिकाले सरकारले अस्वीकार गरेको भन्दै मंगलबार सरकारबिरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो । अगस्त ९ मा साउथ टेक्सासमा रहेको अध्यागमन जेलबाट आमाछोरीलाई निकालेर देशनिकाला गरिदै गरेको सुचना आएपछि आपतकालिन सुनुवाई राखिएको थियो ।

न्यायाधिसले उनीहरुलाई देशनिकाला गर्न आकाशमा उडिरहेको जहाज नै तुरुन्त अमेरिका फर्काउन वा ल्याण्ड हुनासाथ अमेरिका फर्काउन आदेश दिएका थिए । त्यसो नभए महान्यायाधिवक्ताबाटै अदालतको अपहेलनाको मुद्दामा कठघरामा उभ्याउने काम सुरु गर्ने न्यायाधिसले कडा चेतावनी दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com