जल्दै गरेको लास हेर्दै भक्कानिए निशानका पिता


प्रकाशित मिति : श्रावण २४, २०७५ बिहीबार

सोमबार अपहरणकारीबाट हत्या गरिएका सिन्धुपाल्चोक घर भई काठमाडौंको कोटेश्वरमा बस्दै आएका बालक निशान खड्काको बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । मलेसियामा रहेका बाबु गोपाल सोमबार नै फर्किएसँगै उनको अन्तिम संस्कार गरिएको हो ।

दुई छोरी र एक छोरालाई आमाको जिम्मा लगाएर मलेसिया गएका गणेश छोराको मृत्युसँगै बुधबार १ः३० बजेको फ्लाइटमा नेपाल आएका हुन् ।

विमानस्थलबाट सिधै पशुपतिस्थित आर्यघाट पुगेका गोपाल निकै भावविह्वल बनेका थिए । यस्तै निशानकी आमा चमेलीसहितका आफन्तपनि भावविह्वल बनेका थिए । भावविह्वल अवस्थामा रहेकी श्रीमतीलाई भेट्दा गोपाल थप भावुक बन्दै श्रीमतीलाई सम्हाल्न समेत सकिरहेका थिएनन् ।

निशानको सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय अजय तामाङ र नुवाकोट समरीका २४ वर्षीय गोपाल तामाङले आइतबार अपहरण गरी हत्या गरेका थिए । निशानको हत्यापछि उनीहरु पनि भक्तपुरमा भएको ‘इन्काउन्टर’मा मारिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्रिवि शिक्षण अस्पतालबाट निशानको शब अन्त्येष्टिका लागि पशुपति आर्घाटमा पुर्याइँदा ठूलो संख्यामा सर्वसाधारण र आफन्तको सहभागिता रहेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com