पाइपबाट घरघरमा ग्यास, स्थानीय दंग


प्रकाशित मिति : श्रावण १८, २०७५ शुक्रबार

पाइपबाट ग्यास आउँछ भनेको सुन्दा विराटनगर–१४ जतुवाका योगेन्द्र मि श्रलाई आश्चर्य लाग्थ्यो । आफ्नै जीवनकालमा पाइपबाट आएको ग्यासले पकाएको खाना पाउला भनेर उनले कहिल्यै सोचेका थिएनन् । तर बिहीबार बुहारी र पत्नीलाई पन्छाउँदै भान्सा चहार्दै थिए । प्राविधिकले पाइपको अक्सिजन निखार्न पहिलो पटक उनकै भान्सामा सलाइ कोर्न लगाए । मि श्रले सलाइ कोर्दै चुल्होमा के पु¥याएका थिए ह्वारै आगो बल्यो ।

‘मलाई त विश्वासै लागेको थिएन, गोबरको शक्तिबाट आएको पाइपको ग्यासले खाना पकाउँला भन्ने विश्वास थिएन’, मि श्रले अनुुभव सुनाए । अहिले मिश्रको भन्सा कोठाबाट एजपी ग्यास विस्थापित भएको छ । बिहीबार पूर्ण परीक्षण सकिएपछि उनले नियमित यही ग्यास चुल्होमा पाकेको खाना खानेछन् । कति बिल उठ्छ घरबाहिर सबैले देख्ने गरी रोखेका स्थानमा रहेको मिटरले प्रस्ट देखाउँछ ।

३२ घरले बिहीबारदेखि पाइपबाट आएको ग्यासमा नियमित खाना पकाउँदै छन् । करिब १ वर्षअघिको योजना साकार हुँदा स्थानीय सुमनकुमार मण्डल पनि खुसी देखिन्छन् । ‘कमजोर आर्थिक अवस्था भएकाहरूका लागि त राहत भयो नि’, उनले भने, ‘अब बन्द, हड्ताल भयो भने पनि हामीलाइ चिन्ता नहुने भयो ।’

करिब ६५ लाखको लागतमा यो परियोजना सञ्चालन भएको हो । स्थानीय श्रीकृष्ण गौसेवा सदनले नेपाल ऊर्जा विकास कम्पनीको सहयोगमा करिब ८५ परिवारलाइ वैकल्पिक ऊर्जा पाइपमार्फत भान्सासम्म पु¥याउने लक्ष्य लिएको हो । पहिलो चरणअन्तर्गत ३२ परिवारमा ग्यास पाइप जडान गरिएको छ । लगातार काम भइरहेको परियोजनामा चाँडै अन्य घरधुरीमा पनि पाइप जोडिने कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले जानकारी दिए ।

गौशालादेखि हरेक उपभोक्ताको घरमा जमिनमुनि पाइप गाडी ग्यास पठाउने व्यवस्था गरिएको छ । चुल्होमा जोड्नुपूर्व ग्यासको मिटर राखिएको छ भने यसले कति खपत गरिन्छ सोहीअनुसार बिल गौसेवा सदनलाई भुक्तान गर्नुुपर्ने हुन्छ ।

एलपी ग्यासभन्दा एक सिलिन्डरबराबरको अर्थात् १४ केजी ग्यासको मूल्य ३ सय कम पर्न जान्छ । किफायती र भरपर्दोसमेत भएको हुँदा यसले उपभोक्तालाई राहत हुने उनको भनाइ छ । सुरुका एक वर्षसम्म कम्पनीले नै प्राविधिक सहयोग जुटाइदिने हुँदा बाँकी समयमा लािग स्थानीय प्राविधिक तयार पारिने कम्पनीको योजना छ ।

गौ सेवा सदनमा पाका गाई र बाच्छा बाच्छी गरी २ सय ५ चौपाया रहेका छन् । ०४२ सालमा स्थापना भएको सामुदायिकस्तरको उक्त गौशालाबाट निस्किएको गोबर कसरी सदुुपयोग गर्ने भन्ने समितिले छलफल चलाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले पाइपबाट ग्यास पु¥याउने बताएपछि समितिले सोबारे चासो राखेको व्यवस्थापक सन्तोष यादव बताउँछन् । भरपर्दो सहयोगी दातालाइ गुहारेपछि अहिले वैकल्पिक ऊर्जा उत्पादन गर्ने प्रोजेक्ट बनेको हो ।

गोबरलाई हरेक दिन ग्यास प्लान्टमा राखिन्छ । ग्यास बनेर भण्डार भएपछि सीधै सर्वसाधारणको भान्सामा पुुग्छ भने बाँकी ठोस पदार्थलाई खुला प्लान्टमा राखिन्छ । जैविक किरालाई खुवाएर कुहिने बनाएपछि ९० दिनमा कम्पोस्ट मल तयार हुन्छ । यसरी तयार भएको मल बजारमा प्रतिकेजी १२ रुपैयाँसम्म बिक्री हुने गरेको समितिले जानकारी दिएको छ । ५ सय गाई अट्ने क्षमता भएको गौशालामा थप गाई थपिने र वैकल्पिक ऊर्जाको क्षमतालाई पनि बढाउँदै जाने योजना रहेको यादवले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com