शेरबहादुर देउवाको गाडी देख्ने बित्तिकै: प्रहरीको पेट्रोलपम्पमा भागाभाग


प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार

प्रहरी प्रधान कार्यालय, नक्सालको कल्याणकारी पेट्रोलसम्पमा काम गर्ने कर्मचारी एउटा गाडी देख्नासाथ दायाँबाँया लाग्छन् । किनभने त्यो गाडी आयो कि फुल ट्यांकी तेल हालिदिनुपर्छ । पैसा पाइन्न । जसले हालिदियो उसैको तलबबाट काटिन्छ या हिसाब मिलान गर्नुपर्ने हुन्छ । यसरी प्रहरी कहाँ तेल हाल्न गाडी पठाउने भिआइपी हुन् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।

विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७० को परिच्छेद ४ को विविध अन्तर्गत १३ नं। मा भनिएको छ, ‘सुरक्षाकर्मी खटाउँदा लाग्ने तोकिएबमोजिमको खर्च र त्यस्तो सुरक्षाकर्मीको बसोबासको व्यवस्था सुरक्षा माग गर्ने व्यक्तिले नै व्यहोर्नु पर्नेछ ।’

तर, उनकै नेता सुशील कोइराला प्रधानमन्त्री छँदा सांसदको हैसियतले उनले समेत उपस्थितिमा तत्कालिन व्यवस्थापिका संसदबाट पारित यही ऐनको खिलाफमा छन्, देउवा ।

जनआस्थामा खबर छ ।प्रहरी कल्याणकोष भनेको गरिब प्रहरीहरुको गाँस काटेर खडा गरेको गैरसरकारी निकाय हो । पेट्रोल पम्प पनि त्यही कोषबाट चलेको छ । तर, क्रान्तिकारी भन्ने नै गरिबको गाँसमा आँखा लगाएपछि पुलिसको भागाभाग नहोस पनि कसरी ?

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com