प्रदेश २ की मन्त्रीले राखिन् नयाँ रेकर्ड, हेर्नुस् डिम्पल झा को ‘सवारी रवाफ’ (भिडियो)


प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार

यी नेपाली महिला नेतृको रवाफ यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । यो दृश्य हेर्नु भयो भने तपाँइ पनि टाउकोमा हात लगाउनु हुन्छ र भन्नु हुन्छ- के यो साँच्चि हो त ?हो, कुनै चलचित्रमा खलनायक भुमिकामा प्रस्तुत नेताको भन्दा कम रवाफ छैन यी नेपाली नेतृको । गाडीको लावालस्कर हेर्दा धेरैलाई पत्याउन मस्किल पर्छ । तर भिडियो हेरेपछि तपाँइले को हुन् यी महिला नेतृ र उनको बारेमा थाह पाइहाल्नु हुनेछ ।

जानिहाल्नुस् यी हुन् डा. डिम्पल झा । प्रदेश नम्बर २ की राज्यमन्त्री हुन् यिनी । एक कार्यक्रमका लागि सहभागी हुन जाँदा अगाडि पछाडि लागेका गाडीको ताँती हो यो । गाडीको लाइन यति लामो छ कि हेर्दाहेर्दै तपाँइलाई पट्यार लाग्ने छ ।डिम्पल झा राष्ट्रिय जनता पार्टीका नेता अनिल झा की पत्नी हुन् । पहिलेको सद्भावना पार्टीमा हुँदा पत्नीलाई पैशाको भरमा सांसद बनाएको भन्दै यस अगाडी यो दम्पत्ती निकै चर्चा र विवादमा आएको थियो ।एक राज्यमन्त्रीले कतिसम्म रवाफ देखाउन सक्छन् भन्ने नमूना बनेकी छन् डिम्पल झाँ । यो भिडियोमा गाडीको लाइन देखेपछि पक्कै भन्नु हुनेछ, यति लामो लाइन त थानकोटको जाममा मात्रै देखेको थिएँ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com