सरकार बलात्कारीलाई फांसी दे, नभए हामीलाई छुट दे, लिङ्‍ग काटेर बुझाउँछौं : सरु सुनार


प्रकाशित मिति : श्रावण १६, २०७५ बुधबार

सरु सुनार ।

दिनदिनै साना–साना बच्चा घरबाट बाहिर खेल्न निस्किँदा बलात्कार भएर मारिएका छन् । घाँस–दाउरा गर्न जाँदा बलात्कार गरी आँखा निकालिएका छन् । स्कूलमा शिक्षकबाटै यौन हिंसा र बलात्कार, मिठाई लोभ देखाएर काखमा च्यापी ८ बर्षको बालिकालाई बलात्कार गरेर फालिइन्छ ।

आफ्नो नरपिचासुको चाहना पूरा गरीपछि डाइभर, खलासीलाई पालैपालो बलात्कार गर्न बुझाईन्छ । राजधानी काठमाडौँमै १२ दिनसम्म कोठामा बन्धक बनाएर सामुहिक बलात्कार गरिन्छ यहाँ । अपराधअनुसारको कारवाही हुँदैन । अपराधी समाजमा शिर ठाडो गरेर हिड्छ । बलात्कारीलाई कडा कारवाही गर्ने कानुन त छैन नै, उल्टै उसले पैसामा न्याय किन्छ ।

अब बाटोघाटो, धारा–पधेरा, स्कुल–कलेज, कोठाहरुमै बलात्कारहरुले आक्रमण गरिरहेका छन् । अब हामी कहाँ सुरक्षित छौं ? हुँदाहुँदा त अब देशमा सुरक्षा गर्ने बर्दीवाला पुलिस प्रशासनमा रहेका सुरक्षाकर्मीहरु खुलेआम सामुहिक बलात्कार उत्रिएका छन् । अब कसले सुरक्षा गर्छ ?
अतिभो तरपनि राज्य मौन किन ?

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

यहाँ यसरीनै अब बालिका–चेलीहरु बलात्कार हुँदै मारिँदै जाने, अनि बलत्कारी खोजी मात्र गरिरहेनकी कडा कानुन बनाउने ? यस्ता गतिविधि रोक्न सरकारसँग कुनै विकल्प छैन ? बाबिचौर सुर्खेतमा एसईई परीक्षा दिन कोठा लिएर बसेकी परिक्षार्थीमाथी प्रहरीहरुले यौनकाण्ड मचाएर मारेको सुन्दा यति पीडा र मनमा आक्रोश र घृणा जाग्छ । मेरो बसमा हुने थियो भने म अचानोमा राखेर ती प्रहरीको लिङ्ग नै काटी दिन्थे । अचानोमा राखी गर्धन छिनाइदिन्थे ।

आखिर कहिलेसम्म ?

यहाँ दिसा पिसाब आफै गर्न नसक्ने बालिकाहरु कहिलेसम्म बलात्कृत भइरहेन ? कहिलेसम्म बलात्कारीको हातबाट ज्यान गुमाउने ? अब त आँखा खोली देउ न सरकार । नेपाली नारी–बालिका असुरक्षित छन् । कहाँ गएर सुरक्षीत हुने ?

यहाँ ८ बर्षको बालिकाको गुप्ताङ्गमा १० ओटा टाँका लगाउनु पर्ने, गुप्ताङ्गमा काठ घोच्नेको बलात्कारीको लिङ्ग काट्न किन नमिल्ने ? बलात्कार गरेर चेलीको हत्या गरी झाडीमा हाल्ने बलात्कारीको टाउको छिनाल्न किन नमिल्ने ? अब बलात्कार गरि मार्नेलाई सिँधै फासी दिनुपर्छ । बलात्कार गरी भाग्नेलाई त्यसको लिङ्ग अचानोमा राखेर टुक्राटुक्रा पार्नुपर्छ । यो तिमि सक्दैनौं भने हामीलाई छुट देउ गणतान्त्रिक सरकार । हामी छिनाल्छौं बलात्कारिको लिङ्ग ।

सरकार, हामी भन्न बाध्य छौं, कि बलात्कारीलाई फासीमा झुण्डाई देउ, कि हामीलाई छुट देउ । लिङ्ग काटेर हामी सरकारमा बुझाउँछौं । यो कुनै आक्रोश होइन, न त कुनै धम्की । त्यो समय नआउला भन्न सकिँदैन । दिनदिनै बढिरहेका बलात्कारका घटनाबारे सरकार कडा कदम नचालेपछि सम्पूर्ण महिलाहरुले सामुहिक रुप मै बलात्कारीलाई जिउँदै जलाउन बाध्य हुनेछन् । अब त्यो दिन धेरै टाढा छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com