अभिनेत्री निशा अधिकारीले राखिन् आफ्नो छोराको नाम, पोस्टमा लेखिन यस्तो


प्रकाशित मिति : श्रावण १४, २०७५ सोमबार

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा निकै सक्रिय रहने अभिनेत्री निशा अधिकारी दिन बिराएर केही न केही पोस्ट गरिरहेकी हुन्छिन्। त्यस्तै हालै उनले आफू र आफ्नो छोराको फोटो राख्दै एक पोस्ट गरेकी छिन् र क्याप्सनमा लेखेकी छिन् – “मेरो प्रेरणा #युभान” । आफूले आफ्नो छोराको नाम युभान राखेको जानकारी उनले उक्त पोस्टबाटै दिएकी छिन्।

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा आफ्नो र छोराको फोटो पोस्ट गर्दै निशाले छोराको नाम युभान लेखेकी छिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गर्भावस्थामा निशाले कपाल काटेकी थिईन। अहिले उनको कपाल र छोराको कपाल लगभग उत्रै देखिन्छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका क्रिकेटर शरद भेषावकरसँग गत वर्ष वैवाहिक बन्धनमा बाँधिएकी निशाले जेठको पहिलो सातामा जेठो सन्तानलाई जन्म दिएकी हुन् ।

नेपाली चलचित्र ‘झ्यानाकुटी’ प्रदर्शन पश्चात अमेरिका हानिएकी निशालाई अमेरिकामै गत महिना जेठमा पुत्र लाभ भएको थियो। अमेरिकामा सन्तान जन्माउँदा ग्रिनकार्ड सजिलै हात लाग्ने र अमेरिकी सरकारले दिने सेवासुविधा पनि पाइने व्यवस्था भएकोले त्यसैको लोभमा परी उतै सन्तान जन्माएको भन्दै कतिपयले उनको आलोचना गरेका थिए। अमेरिकामा सन्तानलाई जन्म दिँदा सन्तानले सोझै अमेरिकाको नागरिकता पाउने भएकाले पनि पछिल्लो समय नेपाली कलाकारले यो तरिका अपनाउन थालेका छन्। गायिका निशा सुनवार यसअगाडि गर्भवती भए पछि अमेरिका पुगेकी थिईन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com