मिर्गौला तस्करीको जालो भत्काएरै छोड्छु – एसपी राठौर


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

चितवनमा प्रहरीले मिर्गौला तस्करी गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का ४१ वर्षका हरि परियार भन्ने दुर्गाबहादुर दर्जी, रौतहटको चन्द्रपुर नगरपालिका ४ का ३५ वर्षका बिक्रम पहरी, मकवानपुरको बकैया गाउँपालिका ५ का २८ वर्षीय प्रकाश तामाङ, मोरङको बयरबनका ३४ वर्षीय दीपक लिम्बु र रसुवाको उत्तरगया गाउँपालिका ३ का २८ वर्षीय विशाल नेपाली रहेका छन् ।

सोझासिधा सर्वसाधारणलाई प्रलोभनमा पारी भारतको विभिन्न अस्पतालमा सम्पर्क गराई मिर्गौला तस्करी गर्ने गरेको थप अनुसन्धानकामा खुल्न आएको हो । दुर्गम क्षेत्रका मानिसहरुको अशिक्षा र गरिबीको फाइदा उठाई प्रलोभनमा पारी मिर्गौला बिक्री बितरण गरेको अनुसन्धानबाट खुलेको चितवनका प्रहरी प्रमुख शुशिल सिहं राठौरले जानकारी दिए । मिर्गौला तस्करीको जालोसम्म पुगेको र उक्त तस्करको जालोलाई तोडेरै छोड्ने एसपी राठौरले बताए ।

स्वास्थ्य अपराध भएको आशंकामा प्रहरीले असार २५ गते ७ जना टोलीको मेडिकल रेस्पोन्स टिम बनाए को र सोही टिमले मिर्गौला तस्करी हुने गरेको तथ्य पत्ता लगाएर त्यसको गिरोहसमेतलाई साउन ४ गते रसुवाबाट पक्राउ गर्न सफल भएको एसपी राठौरले बताए ।
पक्राउ परेका दुर्गा परियार बाहेकका अन्यले अरु तस्करहरुको सम्पर्कबाट भारतको विभिन्न अस्पतालहरुमा गई १,१ वटा मिर्गौला बिक्री गरेको एसपी राठौरले जानकारी दिए ।

उनीहरुले मिर्गौला बिक्री गर्ने मानिस खोजी सम्पर्क गराई दिए बापत एक जनाको मिर्गौला बिक्रीबाट ५० हजारदेखि एक लाखसम्म कमिसन लिने गरेको र मिर्गौला दिने ब्यक्तिले २ साढे ३ लाख पाउने र भारतमा रहेको मुख्य दलालले भने विरामीबाट ३० देखि ३५ लाख सम्म लिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी राठौरले जानकारी दिए । नेपालबाट मान्छे लगेर भारतमा विरामीको नजिकको नातेदारको नक्ली काजगपत्र खडागरि मिर्गौला बेच्ने गरेको उक्त गिरोहको जालो तोड्न सफल भएको एसपी राठौरले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com