पाइलटले रक्सी खाएर विमान चलाउने तथ्य प्रमाणित, नेपालले रोक्यो यो विमानको फ्लाइट


प्रकाशित मिति : श्रावण १३, २०७५ आईतबार

पाइलटले रक्सी खाएको थाहा पाएपछि आइतबार बिहान दुबईका लागि उड्न तयार फ्लाई दुबईको जहाज काठमाडौंमा रोकिएको छ। जहाजका पाइलटले रक्सी खाएको थाहा पाएपछि चालक दलका अन्य सदस्यले विमानस्थल प्रशासनलाई त्यसको जानकारी दिएको स्रोतले बतायो।

‘एक जना पाइलटको शारिरीक अवस्था अस्वाभाविक देखिएको गुनासो आएपछि हामीले उनको मेडिकल गरेका छौं। त्यसको रिपोर्ट आउन बाँकी छ,’ विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । विमानस्थल प्रशासनले ती पाइलटको ठाउँमा अर्को पाइलट आउनु पर्ने बताएपछि बिहान ९.४० बजे दुबई उड्नु पर्ने फ्लाइट नम्बर एफजेड ५७६ को जहाज यो समाचार तयार पार्दासम्म विमानस्थलमै रोकिएको छ।

फ्लाई दुबईले चालक दलमा अर्को सदस्य आउने बताए पनि उडान कतिबेला हुन्छ भन्ने खुलाएको छैन। जहाज नउडेपछि विमानस्थल पुगेका यात्रुहरू बिहानदेखि कुरिरहेका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com