रोनाल्डो २ वर्ष जेल जानबाट कसरी जोगिए
प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2018/07/world-cup-ronaldos-portugal-arrive-in-russia.jpg?fit=768%2C519&ssl=1)
पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका छन् । रोनाल्डो पक्षका सल्लाहाकार र कर अधिकारीबीच भएको छलफलका कारण रोनाल्डो २ वर्ष जेल जानबाट जोगिएका हुन् । १।९ करोड यूरो ट्याक्स छली गरेको आरोपमा स्पेनले उनलाई २ वर्ष जेल तोकिएको थियो ।
स्पेनीस कानुनअनुसार २ वर्ष सम्मको जेल सजाय पाएकाले जेलमा बसिरहनु पर्दैन। यसकारण पनि रोनाल्डो जेल जानबाट बचेका हुन् । पहिलो पटक रोनाल्डो गत वर्षको जुलाइमा अदालत समक्ष पेश भएका थिए । २०१४ मा पनि रोनाल्डोमाथि स्पेनले कर तिर्न आनाकानी गरेको आरोप लगाएको थियो ।