सरकार र डाक्टर केसी पक्षबीच सहमति


प्रकाशित मिति : श्रावण १०, २०७५ बिहीबार

चिकित्सा शिक्षा सुधारका लागि डाक्टर गोविन्द केसीले अघि सारेका मागमा सरकार र केसी पक्षबीच सहमति भएको छ ।

सिंहदरबारमा भएको वार्तामा दुवै टोलीका वार्ता समितिबीच केसीले उठाएका विषयमा सहमति भएको डा. केसीका तर्फबाट वार्तामा सहभागी डाक्टर केसीका प्रतिनिधि अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

उहाका अनुसार वार्ता टोलीले यी कुरा अब डाक्टर केसीलाई जानकारी गराउनेछ । डा. केसीले असहमति नराखेमा आजै सहमतिपत्रमा हस्ताक्षर हुने र अनशन तोड्ने तयारी छ । त्यसमा केसीले थपघट गर्नुपर्ने भन्नुभयो भने फेरि वार्तामा बस्ने उहाले बताउनुभयो ।

तीन दिनदेखि नेकपा का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको सक्रियतामा सरकार र केसी पक्षबीच वार्ता अगाडि बढेको थियो । आज बिहान बालुवाटारमा केसी पक्षका चिकित्सक, प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका नेता, प्राध्यापक केदारभक्त माथेमासहित छलफल भएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com