एसिया कपको खेल तालिका : नेपालले यी ६ देशसँग भिड्नुपर्ने, बिजेता बने भारत र पाकिस्तानसँग खेल्ने !


प्रकाशित मिति : श्रावण ९, २०७५ बुधबार

काठमाडौ । आगामी सेप्टेम्वरमा युएईमा हुने एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक गरिएको छ । एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कुल ६ राष्ट्रको खेल तालिका सार्वजनिक गरेको हो । तालिका अनुुसार नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसियाबीच आगामी अगष्ट २९ देखि सेप्टेम्बर ६ सम्म भारतमा छनौट प्रतियोगिता आयोजना हुनेछ । यसबाट विजेताले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप खेल्नेछ । सार्वजनिक भएको खेल तालिका अनुसार भारत र पाकिस्तान समूह ए मा परेका छन् ।

छनौट प्रतियोगिता जितेर जाने एक टोली समुह ए मा थपिनेछ । यस्तै बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह बी मा परेका छन् । दुवै समूहको शीर्ष दुई टिम सुपर ४ मा प्रवेश गर्नेछन् । यस्तो हुँदा नेपाल छनोट चरणको विजेता भएमा क्रिकेटका महारथी देश भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com