शिक्षकको कुटाइबाट बालकको मृत्यु


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

दोलखा सदरमुकाम चरिकोट गौरीशंकर बोर्डिङ स्कुलमा युकेजीमा अध्यनरत बालक शिक्षकको निर्घात कुटपिटपछि मृत्यु भएको छ।मृत्यु हुनेमा गौरीशंकर गाउंपालिका जुंगुका ६ वर्षिया बालक सोबित बस्नेत रहेका छन।२०७५ जेष्ठ ३१ गते शिक्षक दावाउके शेर्पाको कुटपिट पछि घाइते बनेका बस्नेतलाई चरिकोट स्थित सामुदायिक हस्पिटलमा उपचारका लागि पुर्याइएको थियो । त्यहा उपचार सम्भब नभएपछि बालकलाई हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको थियो।

बस्नेतलाई ग्राण्डि अन्तरास्ट्रिय अस्पतालको आइसीयु कक्षमा उपचार गराइएको र स्वास्थमा सुधार नआए पछिकेही दिनअघि कान्तिबाल अस्पताल माहराजगन्ज मा उपचारको लागि ल्याइएको थियो । उपचाररत बालकको श्रावण ६ गते मृत्य भएको अस्पताल स्रोतले पुष्टिगरेको छ ।कुटपिट गर्ने शिक्षकलाई जिल्ला प्रहरी कार्यालय दोलखाले हिरासतमा लिएर अनुसन्धन थालेको छ। कुटपिट पहिलेनै भएको र उपचारको क्रममा मृत्यु भएपछि अहिले अनुसन्धान भैरहेको र मिडिकल रीपोर्ट आएपछि मात्रटंगोलाग्ने जिल्ला प्रहरी कार्यालय दोलखाको डिएसपी बासुदेप पाठकले बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com