Follow @khasokhasmag

भारतको प्रतिष्ठित जी सिने अवार्ड यस वर्ष नेपालमा हुने, नेपालीहरुको लागि समेत विधा थपिने


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

भारतीय टेलिभिजन जिटिभीले आयोजना गर्दै आएको ‘जी सिने अवार्ड’ यस वर्ष नेपालमा हुने भएको छ। शनिबार प्रधानमन्त्री निवास वालुवाटारमा भारतबाट जी टेलिभिजनका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी अवार्ड कार्यक्रम नेपालमा आयोजना गर्ने विषयमा जानकारी गराएका थिए।

प्रधानमन्त्रीसँगको भेटमा जिटिभीका एमपी सुभाष चन्द्र, डा अमर सिंह, एसेल ग्रुपकी अध्यक्ष तथा जिटिभी नेटवर्ककी संस्थापक एक्स एम पिर तथा नायिका जया पर्दा लगायतको उपस्थिति थियो।

अवार्ड कार्यक्रम सन् २०१८ को अन्ततिर हुनेछ। यसअघि भारतीय कलाकारहरुको मात्र संलग्नता रहने यस अवार्ड कार्यक्रममा यस वर्ष भने नेपाली कलाकारकहरुले समेत स्थान पाउनेछन्। जसका लागि नेपाली फिल्मक्षेत्रको प्रतिनिधित्व गर्दै एक अवार्डको व्यवस्था गरिनेछ।

प्रधानमन्त्री ओलीसँगको भेटअघि भारतीय समूह फिल्मसिटी निर्माणका लागि गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरी फर्किएको थियो। अध्ययनपछि जि इन्टरटेनमेन्ट इन्टरप्राइजका अध्यक्ष सुवास चन्द्रले पालुङटारको नदीदेखि पहाडसम्मको सुन्दर परिवेशले आफूलाई आकर्षित गरेको जानकारी गराए।

जिटिभीको टोली र प्रधानमन्त्री ओलीबीचको भेटघाट कार्यक्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारीका साथै कलाकारहरू निर शाह, शिव श्रेष्ठ, भुवन केसी, निखिल उप्रेती, झरना थापा, सञ्चिता लुइँटेल, राष्ट्रियसभा सदस्य एवं गायिका कोमल वली, संगीतकार शम्भुजित बाँस्कोटा, निर्माता केशव भट्टराई, निर्देशक दिनेश डिसी लगायतको उपस्थिति थियो। 

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com