केन, लुकाकु र एम्बाप्पे गोल्डन बुटकोदाैडमा


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

रुस विश्वकप अन्त्यतिर अाइपुग्दा गोल्डन बुटको कसले जित्छ भन्ने बहस चर्चामा छ। विश्वकपका सर्बाधिक गोल स्कोररले गोल्डन बुट अवार्ड पाउँछन्।

२०१४ का गोल्डन बुट विजेता जेम्स रोड्रिगेज घर फर्किसकेका छन्। ६ गोलले चार वर्षअघि उनलाई गोल्डनबुट दिलाएका थियो। यस विश्वकपका गोल्डनबुट विजेताले त्यसलाई उछिन्ने पक्कापक्की भइसकेको छ।

यस विश्वकपको गोल्डन बुटको मुख्य प्रतिस्पर्धामा विश्वका उत्कृष्ट फरवार्डहरु इंग्ल्याण्डका ह्यारी केन, बेल्जियमका रामेलु लुकाकु र फ्रान्सका केलियन एम्बाप्पेबीच देखिएको छ। यी तिनै खेलाडी सम्मिलित टाेली विश्वकपकाे सेमिफाइनलमा पुगेका छन्। र सबैजना अझै बढी गोल गर्दै अगाडिका कीर्तिमान भंग गर्ने प्रतिस्पर्धामा देखिन्छन्।

अहिलेसम्म रुस विश्वकपको सर्बाधिक गोलकर्ता इंग्ल्याण्डका ह्यारी केन हुन्। १९८६ पछि इंग्ल्याण्डको पहिलो गोल्डनबुट विजेता बन्ने उनको लक्ष्य छ। त्यसबेला इंग्ल्याण्डका ग्यारी लिनेकेरले ६ गोल गर्दै गोल्डनबुट जितेका थिए। कोलम्बियासँग अन्तिम १६ मा पेनाल्टी मार्फत गोल गर्दै ह्यारीले उनीसँग बराबरी गरिसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टोट्नह्यामका स्ट्राइकर केनले कोलम्बियाविरुद्ध पेनाल्टीमा इंग्ल्याण्डका लागि सुरुवाती गोल गर्दै गोलसंख्या ६ पुर्याएका छन्। त्यसअघि उनले समूह चरणमा ट्युनिसियाविरुद्ध दुई तथा पानामाविरुद्ध ह्याट्रिक गरेका थिए।

समान ४–४ गोल गरेका लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा भए पनि अन्तिम १६ मा उरुग्वेसँग पराजित भएसँगै रोनाल्डोको गोल्डन बुटको होडबाट बाहिरिसकेका छन्।

लुकाकुले आफ्ना सुरुवाती दुई खेलमा दुई गोल गरेका थिए। त्यो विश्वकपमा लगातार एक खेलाडीले दुई गोल गरेको ३२ वर्षपछि थियो। तर, त्यसको २४ घन्टा बित्न नपाउँदै केनले ट्युनिसिया लगत्तै पानामाविरुद्ध लगातार दुई गोल गरेका थिए।

यस्तै पेलेसँग तुलना गर्न थालिएका फ्रान्सका १९ वर्षिया केलियन एम्बाप्पेले सुरुवाती पाँच खेलमा ३ गोल गरिसकेका छन्। उनीपनि गोल्डनबुटको होडमा छन्।

सन् २००६ (५ गोल) र २०१०(५ गोल) को तुुलनामा केनका ६ गोलले भने गोल्डन बुट जितिसकेको छ। १९७४(७ गाेल) यता २००२(८ गोल) मा मात्रै ६ भन्दा बढी गोल गर्ने खेलाडीले गोल्डन बुट जितेका छन्। त्यसबाहेक १९७८, १९८२, १९८६, १९९०, १९९४, १९९८ मा ६ गोल गर्नेले गोल्डन बुट जितेका छन्।

फिफाका नियमअनुसार दुई वा बढी खेलाडीहरुको समान गोल भएमा भने उनीहरुले कति सहायक गोलमा भूमिका खेलेका छन्। गाेल्डेन बुट प्राप्ति त्यसमा निर्भर गर्नेछ। यदि सहायक गोल पनि बराबरी भएमा जुन खेलाडीले कम समय मैदानमा बिताएको छ उसले यो अवार्ड हात पार्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com