स्वीडेनबिरुद्ध इङ्ल्याण्डकाे एक गोल


प्रकाशित मिति : असार २३, २०७५ शनिबार

विश्वकप फुटबल २०१८ को क्वाटरफाइनल अन्तर्गत आज भईरहेको खेलमा स्वीडेनबिरुद्ध इङ्ल्याण्डले एक गोल लगाउन सफल भएको छ । इङ्ल्याण्डले खेलको ३१ औं मिनेटमा पाएकाे कर्नरकाे अवसरलाइ सदुपयाेग गदै गाेल लगाउन सपःल भएकाे हाे ।

स्वीडेन स्वीजेरल्याण्डलाई १–० ले पराजित गर्दै क्वाटर फाइनलमा पुगेको हो भने इङ्ल्याण्ड कोलम्बियालाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम आठमा पुगेको हो ।

दुवै टोलीले समूह चरणमा समान दुई जीत र एक खेलमा हार व्यहोर्दै अघिल्लो चरणमा स्थान बनाएका थिए । यी दुई टोली बिच १२ पटक भेट भएको छ । जसमा ६ खेल बराबरीमा सकिएका छन् भने ४ खेल स्वीडेनले जितेको छ ।

इङ्ल्याण्डले दुई पटक मात्रै जित्न सकेको छ । पछिल्लो पटक सन् २०१२ मा यी दुई टोलीबीच मैत्रीपूर्ण खेलमा भेट भएको थियो । त्यसमा स्वीडेन ४–२ गोल अन्तरले विजयी भएको थियो । तर त्यहि वर्ष भएको युरो कपमा भने इङ्ल्याण्डले स्वीडेनलाई ३–२ गोलले पराजित गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com