इंग्ल्याण्ड स्वीडेनविरुद्धको इतिहास कायम राख्ने दाउमा, रुस घरेलु मैदानको फाइदा उठाउने पक्षमा आजपौने ८ बजे


प्रकाशित मिति : असार २३, २०७५ शनिबार

फिफा विश्वकप २०१८ अन्तर्गत आज क्वाटरफाईनलका अन्तिम दुई खेल हुँदै छन् । पहिलो खेलमा स्वीडेन र इंग्ल्याण्ड नेपाली समय अनुसार पौने ८ बजे सामारा स्टेडियममा भिड्दै छन् । यस्तै दोस्रो क्वाटरफाइनलमा आयोजक रुसले बलियो पाहुना क्रोएसियाको चुनौती स्वीकार गर्दैछ ।

स्वीडेन भर्सेस ईल्याण्ड

स्वीडेन समुह एफको विजेता बन्दा उसले प्रिक्वाटरफाईनलमा स्वीजरल्याण्डलाई एक शुन्यले हरायो । चार पटकको विश्व विजेता इटालीलाई प्लेअफमा हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको स्वीडेनसग गतिलो ईतिहास नभए पनि स्वीडेनलाई भाग्यले पनि साथ दिएको छ यो पटक । स्वीडेनका लागि एगुस्टोसन, ग्राण्डभिस्ट, एल्भारेजको टिम छ ।

तर अव उसका लागि विश्वकपमा ईल्याण्डको चुनौती पन्छाउनु निकै असामान्य हुनेछ किनभने ईल्याण्ड लामो समय देखि रसिया विश्वकपमा नै लयमा देखिएको छ । ईल्याण्डको टिम पनि कमी छैन सेमिफाईनल प्रवेशका लागि जारी विश्वकपको गोल्डेनबुट दावेदार ह्यारी केन छन् इंग्ल्याण्डको टिममा जसले सारा विश्वको ध्यान खिचेका छन् । ह्यारी जारी विश्वकपमा सवैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनको नाममा ६ गोल छ । त्यसैगरी जेसे लिङगार्ड, जेमी भर्डी, रहिम स्र्टलिङ, ढेले अलीलयागत बलिया खेलाडीहरु छन् । प्रायः इंग्लिस क्लवका खेलाडीहरुले भरिएको टोलीमा धेरै विकल्प र उपाय मिलेको छ । समुह चरणमा ६ अंक सहित समुह जी को उपविजेता बनेको इंग्ल्याण्डले क्वाटरफाइनलको निम्ति कोलम्बियालाई हरायो । यस अघि इंग्ल्याण्ड र स्वीडेन पछिल्लो समय २०१२ को युरोकपमा भेट भएको थियो । जहाँ ईल्याण्डले तीन दुईले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

रसिया भर्सेस क्रोएसिया

सेमिफाइृनल प्रवेशका लागि फिस्ट स्टेडियममा आज पौने १२ बजे आयोजक रसिया बलियो पाहुना क्रोएसिया विरुद्ध खेल्दैछ । रुसको निम्ति घरेलु मैदान र क्राउटले ठूलो आस पु-याउने देखिएको छ ।

यो पटक रुस निकै नै लयामा देखिएको छ । विगत लामो सयम देखि फ्टबलमा आलोचित बन्दै आएको राष्ट्र रुसले जारी विश्वकपमा प्रशशायोग्य खेल प्रर्दशन गरेको छ । जसको कारण क्वाटरफाईननलमा क्रोएसिया विरुद्ध रुस शत प्रतिशत तयारी अवस्थामा छ । समुह चरणमा उपविजेता बनेको रसिया प्रि क्वाटरफाईनलमा स्पेनलाई पेनाल्टी सुट आउटमा चार तीनले हरायो । स्पेन जस्तो उपाधि दावेदार मानिएको टिमलाई पेनाल्टीमा पराजित गरेको कारण पनि रुसको मनोबल उच्च नै रहनेछ ।

रुसका निम्ति आर्टेम डिउजबा, डेनिस चेरीस्सेव, एलेक्सान्ड्रो गोलोभिन छन् जसले रसियाको लागी अगाडिनै महव्पुर्ण गोल गरीसकेका छन् । उता प्राविधिक रुपमा बलियो मानिएको टिम क्रौएसिया समुह डिको विजेता बन्दै १६ को यात्रा तय गर्दा प्रिक्वाटरफाईनलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमानै तीन दुई गोलले हराएको थियो । आज रुस या क्रोएसिया मध्येको एक विजेताले आगामी खेलमा हार व्यहोरे पनि तेस्रो स्थानको लागि खेल्न पाउनेछ ।

क्रोएसियाको टिममा लुका मोड्रिक, ईभान राकिटिकजस्ता खेलाडी छन् । जसको कारण घरेलु टोली माथि जित निकाल्नेमा क्रोएसिया टोलीमाथि विश्वस्त छन् । अहिले सम्म क्वाटरफाईनलमा एक पटक मात्र जितेको क्रोएसिया यो पटक उपाधि नजिक नै जान चाहन्छ । यी दुईको भेट विश्वकपमा पहिलो पटक भेट हुन लागेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com