बेल्जियमले ब्रजिललाई २-१ गोलले पराजित,पाँच पटकको बिजेता ब्रजिल विश्वकपबाट बाहिरियो


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

जारि विश्वकप फुटबल प्रतियोगिताबाट पाँच पटकको बिजेता ब्रजिल बाहिरिएको छ।

क्वार्टरफाईनलमा बेल्जियमले ब्रजिललाई २-१ गोलले पराजित गरेको हो।

खेलको १३औं मिनेटमा ब्रजिलका फर्नान्डिन्होले आत्मघाती गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।

खेलको पहिलो हाफमा बेल्जियमले ब्रजिललाई कुनै पनि मौका दिएको थिएन।

खेलको ३१औं मिनेटमा बेल्जियमका केविन डे ब्रुनीले गोल गर्दै बेल्जियमको अग्रता २-० बनाएका थिए।

बल आफ्नो पक्षमा धेरै राखे पनि ब्राजिलले गरेका आक्रमणहरुलाई बेल्जियमको रक्षापंक्तिले निस्तेज पारेको थियो।

खेलको ७६औं मिनेटमा रेनाटो अगस्तोले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने प्रयास गरेका थिए।

त्यसपछि ब्रजिलले केही राम्रा आक्रमणहरु गरेको भए पनि गोलमा परिणत हुन सकेको थिएन।

बेल्जियमले सेमी फाईनलमा फ्रान्सको सामना गर्नेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com