८ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध भएपछि राष्ट्रपति ट्रम्पले दिए यस्तो प्रतिक्रिया


प्रकाशित मिति : असार १३, २०७५ बुधबार

विभिन्न ६ मुस्लिम देशसहित आठ देशका नागरिकले अमेरिका प्रवेश गर्न नपाउनेगरी अमेरिकी सर्वोच्च अदालतले फैसला गरे लगत्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले सो फैसलाको स्वागत गरेका छन् ।
राष्ट्रपति ट्रम्पले ट्वीट गरेर उक्त फैसलाको स्वागत गरेका हुन् । यस फैसलाप्रति उनले प्रसन्नता व्यक्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले यो आफ्नो पुरानो निर्णय मात्र नभएर एक किसिमले भन्ने हो भने राष्ट्रपतीय निर्वाचनको एजेण्डा नै हो भन्दै उक्त निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएकोमा प्रशन्नता व्यक्त गरे ।  यसअघिका तल्ला अदालतहरूले उक्त आदेश असंवैधानिक भनेकोमा उनले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।  राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीट अकाउन्टमा अदालतको यस फैसलालाई ठूलो सफलता मिलेको बताएका छन् ।

विद्यार्थी भिसामा अमेरिका आउनेले अब सानो गल्तीगर्दा पनि देशनिकाला र प्रतिबन्ध

अहिले पनि ट्रम्प प्रशासन मेक्सिकोबाट गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूका विरुद्धमा कडा रुपमा प्रस्तुत भइरहेको थियो ।  राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पनि संक्षिप्त प्रतिक्रिया दिने क्रममा अदालतको आदेशको स्वागत गरेका थिए ।

उनले सो प्रतिक्रियामा भनेका थिए– ‘हामी हाम्रो देशको सुरक्षाको लागि जति कडा हुनुपर्छ त्यतिनै हामीले हुन पाउनुपर्छ । आफ्नो देशको सुरक्षा हाम्रो अधिकार र दायित्व हो त्यसैले जसरी हामी सुरक्षित हुन सक्छौँ त्यो मापदण्ड हामीले पूरा गर्न पाउनुपर्छ ।’

ट्रम्पले विभिन्न देशलाई लगाएको अनिश्चितकालिन यात्राप्रतिबन्ध आदेश सर्बोच्चबाट सदर, यस्तो छ प्रभाव

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com