विद्यार्थी भिसामा अमेरिका आउनेले अब सानो गल्तीगर्दा पनि देशनिकाला र प्रतिबन्ध


प्रकाशित मिति : असार १३, २०७५ बुधबार

अमेरिकी सरकारले ल्याउँदै गरेको नयाँ नियमले विद्यार्थी भिसामा अमेरिका आउनेहरु सानो गल्तीका कारणपनि देशनिकाला हुनसक्ने र पुन अमेरिका आउनका लागि १० बर्ष वा सधैका लागि प्रतिबन्ध लाग्नसक्ने खतरा देखिएको छ । आगामी अगस्त ९ देखि विद्यार्थी भिसामा आउनेहरुको गैरकानुनी उपस्थीतिको नयाँ मापदण्ड लागु गर्न लागिएकाले अब अमेरिकामा एफ, एम र जे भिसामा आउनेहरुले भिसाको उल्लंघन गरेको पत्ता लागेमा उनीहरुलाई देशनिकाला गरी ३ वा १० बर्षको प्रतिबन्ध सजिलै लाग्ने भएको छ ।

अमेरिकामा सार्वजनिक सुरक्षा समृद्ध गराउने सन्दर्भको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनका क्रममा नयाँ नियम ल्याइएको युएससीआईएसले जनाएको छ । यो नयाँ नियम एफ, जे र एम भिसामा अमेरिका आउनेहरु तथा उनीहरुका डिपेन्डेन्टहरुका सन्दर्भमा लागु हुने जनाइएको छ ।

युएससीआईएसका निर्देशक एल फ्रान्सिस सिसेनाले भनेका छन् –‘एफ, जे र एम लगायतका भिसामा अमेरिकामा आउनेहरु निश्चित उदेश्यका लागि आएका हुन्छन् । उनीहरु त्यो उद्देश्य पूरा भइसकेपछि अमेरिकाबाट उनीहरुका देशमा फिर्ता जार्नुपर्छ । वा उनीहरु अरु आप्रवासी स्टेटसका लागि प्रकृयामा जानुपर्छ । नयाँ नियमको सन्देश स्पष्ट छ कि कुनै पनि व्यक्तिले जुन प्रयोजनको भिसामा अमेरिका आएको हो, उसले त्यो भिसाका मापदण्डहरु पूरा गर्नुपर्छ । उनीहरुले भिसाका मापदण्ड उल्लंघन गर्न, ओभरस्टे बस्न वा गैरकानुनी रुपमा अमेरिकामा बस्न पाउनेछैनन् ।’

धेरै विद्यार्थीहरु अमेरिकामा आएर आफैले काम गरेर कलेजको शुल्क बुझाउने योजनामा हुन्छन् । तर अब अगस्त ९ पछि त्यस्तो गर्नु प्राय असम्भव हुनेछ । अन क्याम्पस हप्तामा २० घण्टाभन्दा बढी काम गरेको पाइएमा त्यस्ता विद्यार्थीहरु स्वतः देशनिकालाका लागि योग्य हुनेछन् । यदि ६ महिनाभन्दा धेरै त्यसरी काम गरेका रहेछन् भने उनीहरुमाथि अमेरिका पुन प्रवेशमा ३ बर्षसम्मको र १ बर्षभन्दा बढी काम गरेका रहेछन् भने १० बर्षसम्मको प्रतिबन्ध लाग्नेछ । खासगरी समर लगायतका विदामा नगदमा काम गर्ने विद्यार्थीहरुसमेत अब यो नियमको भागिदार हुनेछन् । तुरुन्तै उल्लंघन गरेको पत्ता नलागे जुनदिन पत्तो लाग्छ, त्यो दिन संकटको सामना गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसबारेको विस्तृत रिपोर्टको खसोखासको आगामी अंकमा प्रकाशित हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com