दुखद खबर : बिरामीलाई हतार हतार गरेर सकुशल अस्पताल पुर्याएका यि मनकारी युवा चालक सन्तोषको गयो ज्यान


प्रकाशित मिति : असार २, २०७५ शनिबार

धनुषाको मिथिला नगरपालिकाको ढल्केवरभन्दा ५०० मिटर पूर्वस्थित बसही पुलमा पूर्वदेखि पश्चिम गइरहेको ज१च १२०५ को दनुवार जागरण सेवा समितिको एम्बुलेन्स बिहान ४ः३० बजे दुर्घटना हुँदा चालकको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

बिरामी पु¥याएर जनकपुर फर्किने क्रममा गाडीको सन्तुलन बिग्रेर पुलमा ठोक्किँदा चालक नगरपालिका वडा नं १ निवासी २३ वर्षीय सन्तोषकुमार रायको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल जनकपुर पठाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com