सवारी दुर्घटनामा ज्यान गुमाउनेमा युवाको सङ्ख्या धेरै


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

ट्राफिक प्रहरीका एक जना उच्च अधिकारीले सवारी नियम उल्लङ्घन गरेर चलाउने हुनाले काठमाण्डू उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउने युवाको सङ्ख्या धेरै रहेको बताएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त पन्तका अनुसार विद्यालय र क्याम्पसमा पढ्ने विद्यार्थी लगायतका युवा बढी जोखिममा रहेको तथ्याङ्कले देखाएको छ।

काठमाण्डू उपत्यकाभित्र चालु आर्थिक वर्षको १० महिनामा सवारी दुर्घटनामा परेर करिब १५० जनाको ज्यान गएकोमा १७ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवाको सङ्ख्या ८० छ।

नीति
ज्यान गुमाउनेमा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर चालक छन्।

एसएसपी पन्त भन्छन्, “कतिपय विद्यार्थीले त सवारी चालक अनुमति पत्र नलिईकनै मोटरसाइकल चलाउने गरेको पाइएको छ। त्यस्तो काम रोक्न अभिभावक नै चनाखो हुनुपर्छ।”

सरकारले छ वर्षअघि नै दुर्घटना आधा कम गर्ने नीति घोषणा गरेको थियो तर देशभर बर्सेनि दुर्घटना बढ्दै गएको तथ्याङ्कले देखाउँछ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com