निर्माण कार्यमा ढिलाइ गरेको भन्दै ठेकदार पक्राउ


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

निर्धारित समयमा काम नसकेको भन्दै प्रहरीले निर्माण व्यवसायी संघका पूर्व केन्द्रीय सदस्य भीमसेन भण्डारीलाई पक्राउ गरेको छ ।

लामोसाँघु जिरी सडक खण्ड लगायत सिन्धुपाल्चोकमा भएका विभिन्न निर्माण कार्यमा ढिलाइ गरेको भन्दै प्रहरीले बुधबार भण्डारीलाई पक्राउ गरेको हो ।

लामोसाँघु जिरी सडक खण्डको मुडेसम्मको २५ किलोमिटर सडक निर्माण सन्तोषजनक भएन, केन्द्रको निर्देशनअनुसार हामीले उहाँलाई नियन्त्रणमा लिएका हौं’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने ।

स्वीस सरकारको सहयोगमा निर्माण सम्पन्न भएको लामोसाँघु जिरी सडक खण्डको स्तरोन्नती कार्य ठेकेदार र आयोजनाको विवादका कारण निर्धारित समय सके पनि काम सकिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९७५ देखि १९८५ सम्म स्वीस सरकारको सहयोगमा निर्माण भएको अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट दोलखाको जिरीसम्म ११० किलोमिटर लामोसाँघु जिरी सडकको चौडा बढाउने कार्य भइरहेको छ । अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरउन्नती कार्य दुईबर्ष अर्थात २०१७ को अक्टोबरसम्ममा सकिनुपर्नेमा हालसम्म सकिएको छैन ।

भारतको एक्जीम बैंकको सहयोगमा सिन्धुपाल्चोकको खाडिचौरदेखि मुडेनजिकै २५ किलोमिटर सडक निर्माण भारतको सिमाञ्चल निर्माण कम्पनी र नेपालको गौरी पार्वती र सुनौलो खिम्ती कन्स्ट्रक्सनले पाएको थियो ।

भ्याटसहित ५१ करोड ४४ हजार ८ सय १० रुपैयाँको लागतमा सडक चौडा गर्ने र कालोपत्रे गर्ने जिम्मा दिइएको थियो । २०१५ को जुन ३ मा ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको मितिले दुई वर्ष अर्थात २०१८ जुलाई १५ मा सडक निर्माण सम्पन्न गर्नुपर्ने लामोसाँघु तामाकोशी जिरी सडक सुधार आयोजनाका प्रमुख केदार नेपालले जानकारी दिए ।

त्यस्तै मुडेबाट चरिकोटसम्मको ३० किलोमिटर सडक स्तोरन्नतीको जिम्मा भारतको सकिल हैदर, शंकर माली र नेपालको सुनौलो खिम्तीले पाएको थियो । २०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक मर्मत कार्य सक्नुपर्ने भए पनि यो खण्डको काम समेत सकिएको छैन ।

भ्याटसहित ९१ करोड ९४ लाख ९४ हजारमा सडक कालोपत्रे र चौडा बनाउनुपर्ने आयोजना प्रमुख नेपालले बताए ।

सडक स्तोरन्नती भएर यतिबेला आयोजनालाई सडक हस्तान्तरण गर्नुपर्ने भए पनि जम्मा ५० प्रतिशत मात्रै काम पुरा भएको आयोजना प्रमुख नेपालले बताए । सडक निर्माणमा ढिलाइ हुनुमा सडक सुधार आयोजनाले निर्माण कम्पनीलाई दोष देखाएको छ भने निर्माण कम्पनीले आयोजनाका कारण समस्या भइरहेको बताएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com