लाभकर विवादले सेयर बजार ठप्प


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

हकप्रद र बोनस सेयरमा अंकित मुल्यलाई आधार मुल्य मानेर पुँजीगत लाभकर लगाउने सरकारको निर्णयविरुद्ध आन्दोलित लगानीकर्ताले मंगलबार कारोवार नै ठप्प पारेका छन् ।

आन्तरिक राजस्व विभागले आईतबार यस्तो ब्यहोराको पत्र पठाएसँगै आन्दोलित लगानीकर्ताले सोमबार दिनभर वार्ताद्धारा सहमति खोज्ने प्रयास गरेका थिए ।

तर, सोमबारको वार्ताबाट कुनै सहमति नजुटेपछि मंगलबार कारोवार नै ठप्प भएको हो ।

सार्वजनिक विदाबाहेक नियमित कारोबार हुँदै आएको सेयर बजार यसरी बन्द भएको यो दोस्रोपटक हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com