सरकारद्वारा अवैध कारोबार नियन्त्रणमा चीनको सहयोग माग


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

सरकारले सुन तस्करी र डलरको अवैध कारोबार नियन्त्रणमा चीनको सहयोग मागेको छ ।

गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि चिनिया राजदूत यू होङसँगको भेटमा चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार भइरहेको भन्दै नियन्त्रणमा ध्यान दिन आग्रह गर्नुभएको हो ।

जवाफमा राजदुत होङले त्यसबारे आफ्नो देशको सम्बन्धित निकायमा जानकारी गराउने जवाफ दिनुभएको थियो ।

यस्तै, मन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरतका लागि राजदूत होङसँग आग्रह गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com