ट्रम्प-किमको सिंगापुर वार्ता-सुरक्षा गोर्खा दस्ताले गर्ने


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्ता आगामी मंगलबार सिंगापुरमा हुने भएको छ ।

जून १२ मा स्थानीय समय अनुसार विहान ९ बजे दुई नेताबीच भेट हुने हृवाइट हाउसले बताएको छ ।

सिंगापुरमा भेटवार्ता गर्दा ट्रम्प र किमलाई सुरक्षा भने गोर्खा सैनिकले गर्ने भएका छन् । दुवै नेताले आ-आफ्ना सुरक्षाकर्मी ल्याउने भए पनि वार्तास्थल, सडक र होटलको सुरक्षा भने सिंगापुर प्रहरीको उत्कृष्ट गोर्खा दस्ताले गर्ने भएको हो ।

यसअघि भारतीय प्रधानमन्त्रीका साथै क्षेत्रीय मन्त्रीहरु उपस्थित सुरक्षा सम्मेलनका क्रममा साङ्गि्रला होटलको सुरक्षा गोर्खा सैनिकहरुले नै दिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सिंगापुर प्रहरीमा भर्ती भएका गोर्खाहरुले रक्षा कवच, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट राइफल र पेस्तोलसहित सुरक्षा दिनेछन् । सबै अत्याधुनिक हतियारका बाबजुद गोर्खा सैनिकहरु खुकुरीलाई छाड्दैनन्, जुन उनीहरुको परम्परागत रोजाईको हतियार हो ।
उनीहरुको मान्यताअनुसार खुकुरीलाई प्रत्येकपल्ट म्यानबाट निकालेपछि यसले रगत बगाउनै पर्छ ।

‘उनीहरु सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षाकर्मी हुन् र उनीहरु सम्मेलनमा सहभागी हुनेमा म निश्चित छु’ इन्टरनेसनल इन्ष्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस) सिंगापुरको सुरक्षा बल विज्ञ टिम हक्सलीले भने ।

उनले अघि भने, ‘उनीहरु धेरै मजबुत अग्रपङ्तिको फौजको रुपमा चिनिन्छन् र यस्तो खालको कार्यक्रमहरुको व्यवस्थापन गर्न गोर्खाहरुले विशेष रुपमा तालिम पाएका हुन्छन् ।’

सिंगापुर प्रहरीका प्रवक्ताले कति सङ्ख्यामा गोर्खाहरु खटाइनेछन् भन्ने बारेमा भने प्रतिक्रिया दिन चाहेनन् । आईआईएसएस मिलिटरी ब्यालेन्सका अनुसार ६ प्यारामिलिटरी कम्पनीमा गरी १८०० गोर्खाहरु सिंगापुर प्रहरीमा कार्यरत रहेका छन् ।

ब्रिटिस औपनिवेशिक कालको इतिहास र हालको सिंगापुरको व्यवहारिक नेतृत्वको एक हिस्साको रुपमा रहेका गोर्खाहरु बेलायती परम्परासँग जोडिएका छन् । जसअनुसार नेपाली सैनिकहरुलाई दुई सय वर्षदेखि विशेष फौजको रुपमा भर्ती गरिएको छ ।

१९ औं शताब्दीको नेपाल-अङ्ग्रेज युद्धमा बेलायती सेना धेरै ठाउँमा नेपाली सैनिकहरुबाट पराजित भएको थियो । उनीहरुको वीरता र युद्धकौशलबाट प्रभावित भएपछि औपनिवेशिक बेलायतीहरुले उनीहरुलाई आफ्नो सेनामा भर्ती गराउन थाले ।

अहिले गोर्खा सैनिकहरु नेपाल, भारत, बेलायती सेनाको साथै सिंगापुर र ब्रुनाइमा समेत कार्यरत छन् । गोर्खा सैनिकले दुवै विश्वयुद्ध, फकल्याण्ड युद्धको साथै हालसालै अफगानिस्तानमा समेत लडाईमा भाग लिएका छन् ।

बलिया, सर्तक र दृढ

आईआईएसएसका सिंगापुरको सुरक्षा बल विज्ञ हक्सलीले भन्छन्, ‘गोर्खाहरु सिंगापुरको नेतृत्वको विशेष सम्पती हुन्, जसले जातीय विविधता भएको शहरी राज्यमा तटस्थ फौजको रुपमा भीआईपी र दंगा नियन्त्रण सुरक्षामा विशेष योगदान दिएका छन् ।’

क्षेत्रीय तनावको समयमा उनीहरुले अन्तर्राष्ट्रिय विद्यालयहरुको सुरक्षा दिनुका साथै कहिलेकाहीँ मलेसिया र सिंगापुरको सीमा नाकामा पनि उनीहरु तैनाथ गरिन्छन् ।

सिंगापुर प्रहरीको वेबसाइटले यो फौजलाई ‘बलिया, सतर्क र दृढ’ भएको जनाउँदै यसले ‘सिंगापुरको सुरक्षामा अर्धसैन्य अपरेसनको विस्तारमा काम गर्ने’ जनाएको छ ।

उनीहरु आफ्नो परिवारको साथमा शहरबाहिर सुरक्षित माउन्ट भर्नोन क्याम्पमा बसोबास गर्ने गर्छन्, जहाँ सिंगापुरका अन्य नागरीक प्रवेश गर्न पाउँदैनन् ।

क्याम्पमा बसोबास गर्ने एक गोर्खाकी श्रीमतीका अनुसार त्यहाँको जीवन प्रतिबन्धित छ । ‘हामीलाई मध्यरातपछि कफ्र्यू छ । यदि बाहिर बस्नैपर्ने भयो भने महिलालाई छुट दिइन्छ तर, पुरुषको लागि कुनै छुट छैन,’ उनले भनिन् ।

‘बेलुका साढे दश बजेभित्र सुतिसक्नुपर्छ । संगीत र अन्य कुरा प्रतिबन्धित छ । यदि पार्टी छ भने पनि समयमै बन्द गर्नुपर्छ । होइन भने गस्तीमा आएकाले बन्द गरिदिन्छन् ।’

विशेषगरी १८ र १९ को उमेरका युवाहरु नेपालमै छानिएर भर्ती भएपछि तालिमको लागि सिंगापुर आउँछन् ।

तालिमपछि सिंगापुर प्रहरीको रुपमा कार्यरत हुने उनीहरुले ४५ वर्षको उमेरमा अवकाश पाउँछन् । उनीहरुका बालबच्चाहरु स्थानीय विद्यालयमा पढ्ने गर्छन् । तर, गोर्खा सैनिकहरुले स्थानीय महिलाहरुलाई विवाह गर्न पाउँदैनन् ।

तालिम र संगठनात्मक भूमिकाको लागि केही सङ्ख्यामा पूर्व बेलायती सैनिकका अफिसरहरुले सिंगापुर प्रहरीको उच्च नेतृत्वमा सपथ लिएका हुन्छन् । ‘सिंगापुर प्रहरीको गोर्खा दस्ता र बेलायती सैनिकको सम्बन्ध गहिरो र बलियो छ, उनीहरु एक राम्रो परम्पराको हिस्सा हुन्’ एक बेलायती सेनाका अधिकारीले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com