मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो
प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार
मुग्लिन–नारायणगढ सडकखण्डको चारकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक एकतर्फी मात्रै खुलेको छ ।
यो ठाउँमा अहिले आलोपालो गरि गाडी गुडिरहेको ट्राफिक प्रहरीले जनाएको छ । चारकिलोमा बिहान ५ बजेतिर पहिरो खसेको र पानी परिरहेकाले अहिले पहिरो हटाउन समस्या भएको हो । पानी रोकिएपछि पहिरो हटाउन सुरु गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।