गान्धीको अंहिशाको सिद्धान्तबाट प्रभावित थिए ३९ बर्षमा गोली हानी मारिएका मार्टिन लुथर किङ जुनियर
प्रकाशित मिति : माघ १, २०८० सोमबार
जनवरी १५ । अमेरिकामा यो दिनलाई मार्टिन लुथर किङ डेका रुपमा मनाइन्छ । उनको जन्म जनवरी १५ मा भएपनि अमेरिकामा जनवरीको तेश्रो सोमबारलाई मार्टिन लुथर किङ डेका रुपमा मनाइन्छ । र उनको विराशतको स्मरण गरिन्छ । उनको साहस, दया र समर्पणबाट प्रेरणा लिइन्छ ।
डा. मार्टिन लुथर किङ जूनियर अमेरिकन आन्दोलनकारी तथा अश्वेत अमेरिकी नागरिक अधिकार संघर्षका प्रमुख नेता थिए । अहिंशात्मक र अवज्ञा आन्दोलनका नेता उनलाई अमेरिकाको गान्धी पनि भनिन्छ । उनको प्रयासमा अमेरिकामा नागरिक अधिकारको क्षेत्रमा प्रगति भएकाले उनलाई आज मानवअधिकारको प्रतीकको रूपमा हेरिन्छ ।
डा. मार्टिन लुथर किङ जुनियरको जन्म सन् १९२९ मा एटलान्टा, जर्जियामा भएको थियो । उनले अमेरिकामा अश्वेत समुदायविरुद्धको विभेदको विरूद्ध एक सफल अहिंसात्मक आन्दोलन गरे । सन् १९५५ मा उनको जीवनमा निर्णायक मोड थियो । सोही वर्ष उनको विवाह भयो । उनलाई दक्षिण अमेरिकी राज्य अलाबामाको मोन्टगोमेरी शहरको चर्चमा बोल्न बोलाइएको थियो । र त्यही वर्ष मोन्टगोमेरीमा सार्वजनिक बसमा अश्वेतमाथि भेदभावको विरुद्ध आवाज उठाउने रोजा पाक्र्सलाई पक्राउ गरिएको थियो । बसमा अश्वेत र गोराहरुका लागि फरकफरक सिटहरुको व्यवस्था थियो । त्यसपछि मात्र मार्टिन लुथर किङ प्रख्यात बस आन्दोलन शुरू गरे ।
३ सय ८१ दिनसम्म चलेको यस सत्याग्रह आन्दोलन पछि अमेरिकी बसहरूमा अश्वेत र गोरा यात्रुहरूका लागि छुट्टै सीटको प्रावधान समाप्त गरियो । पछि, धार्मिक नेताहरूको सहयोगमा उनले समान नागरिक कानून आन्दोलन अमेरिकाको उत्तरी भागमा फैलाए ।
दक्षिणी क्रिश्चियन नेतृत्व सम्मेलन १९५७ मा, मार्टिन लुथर किंग जूनियर दक्षिणी क्रिश्चियन नेतृत्व सम्मेलन (एससीएलसी) का अध्यक्ष चुनिए । यस समूहको उद्देश्य नागरिक अधिकार सुधार आन्दोलनको हितको लागि नैतिक अख्तियार प्रयोग गरेर र कालो जनताको चर्चको शक्ति परिचालन गरेर अहिंसाको प्रदर्शन गर्नु थियो ।
सन् १९५९ मा मार्टिन लुथर किङ अटलान्टा गए । आफ्नो बुबाको चर्चको सहपादरीको रूपमा । त्यसपछिका वर्षहरूमा किंगले १९६३ मा अलाबामामा मतदान अधिकार, विद्रोह, श्रम अधिकार र अन्य आधारभूत नागरिक अधिकारका लागि बर्मिंघम अभियानलगायत धेरै विरोध प्रदर्शन, जुलुस र जुलुसहरू आयोजना गरे । अलाबामाको बर्मिंघम अभियान दुई महिनासम्म चल्यो ।
वाशिंगटन डीसीमा एउटा ठूलो प्रदर्शन पनि उनको नेतृत्वमा भएको थियो । २० अगस्त १९६३ को मार्चमा, सार्वजनिक विद्यालयहरू र रोजगारीमा रंगभेदमाथि प्रतिबन्ध लगायत एउटा सोचविचारात्मक नागरिक अधिकार कानूनले रंग विभेदको कानूनी रुपमा नै अन्त्यको माग गरेको थियो ।
सन् १९६४ मा उनलाई विश्व शान्तिका लागि नोबेल पुरस्कारबाट सम्मानित गरियो । धेरै अमेरिकी विश्वविद्यालयहरूले उनलाई मानार्थ डिग्री प्रदान गरे । धार्मिक र सामाजिक संस्थाहरूले उनलाई पदक दिए । टाइम पत्रिकाले उनलाई १९६३ को ‘म्यान अफ द ईयर’ नाम दियो ।
उनमा महात्मा गान्धीको अहिंसात्मक आन्दोलनको गहिरो प्रभाव परेको बताइन्छ । सन १९५९ मा उनले भारतको भ्रमण पनि गरेका थिए । गान्धीजीको आदर्शलाई अनुशरण गर्दै उनले अमेरिकामा यस्तो सफल आन्दोलन गरे जुन धेरै यूरोपियनहरूले पनि समर्थन गरे ।
सन् १९६८ को अप्रिल ४ मा उनी अमेरिकाको टेनेसीमा एउटा होटलमा बसिरहेका थिए । होटलको कोठाबाहिर निस्केको बेलामा उनलाई गोली हानेर हत्या गरिएको थियो । अहिंशात्मक आन्दोलनका नेता महात्मा गान्धी जसरी गोली हानेर मारिए, मार्टिन लुथर किङलाई पनि गोली हानेर नै मारियो । उनी जम्मा ३९ बर्ष बाँचे, तर अमेरिकाको इतिहासमा सुनौलो अक्षरले नाम लेखाए भने विश्वकै लागि प्रेरणाका श्रोत बने ।