‘आई ह्याभ अ ड्रीम’: मार्टिन लुथर किङको २० औं शताब्दीको त्यो महान राजनीतिक भाषण


प्रकाशित मिति : माघ ५, २०८२ सोमबार

आई ह्याभ अ ड्रीम‘ मार्टिन लुथर किङको सबैभन्दा कडा र आमूल परिवर्तनकारी भाषण हो । उनले त्यतिबेला के भनेका थिए भन्ने कारणले होइन, त्यसबेलादेखि अमेरिका कसरी परिवर्तन भएको छ भन्ने कारणले यो भाषण महत्वपूर्ण मानिन्छ ।

यसलाई सबै कुरा परिवर्तन गर्ने क्षण भनिन्छ, जुन २० औं शताब्दीको सबैभन्दा महान राजनीतिक भाषणका रुपमा चर्चित छ ।

अमेरिकाले  मार्टिन लुथर किङ जुनियर डे को राष्ट्रिय बिदा मनाउने क्रममा लाखौं अमेरिकीहरूले फेरि एक पटक त्यो दिनको अनौपचारिक साउन्डट्र्याक सुनिरहेका छन् आई ह्याभ अ ड्रीम ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सार्वजनिक भाषण मार्टिन लुथर किङ जुनियरले मार्च २८, १९६३ मा वाशिंगटनमा भएको रयालीमा दिएका थिए । भाषणमा उनले अमेरिकामा नागरिक र आर्थिक अधिकारको आव्हान गर्नुका साथै रंग विभेदको अन्त्यको लागि आव्हान गरेका थिए ।

वासिंगटन डिसीमा लिंकन मेमोरियलको सिंढीमा चढेर उनले साढे २ लाखभन्दा धेरै नागरिक अधिकारका समर्थकहरुलाई सम्बोधन गरेका थिए ।

सन् १८६३ मा लाखौं दासहरूलाई मुक्त घोषित गर्ने मुक्ति घोषणाको सन्दर्भको साथ शुरू गर्दै उनले एक सय वर्ष पछि पनि अश्वेतहरु अझै पनि स्वतन्त्र नभएको बताएका थिए । उनले दासत्व र घृणाको भूमिबाट उत्पन्न भएको स्वतन्त्रता र समानताको सपना नै आफ्नो सपना भएको बताएका थिए ।

यही भाषणका साथ मार्टिन लुथर किङ जुनियर आधुनिक अमेरिकालाई आकार दिने पुरुषहरू जेफरसन र लिंकनको श्रेणीमा आफूलाई सामेल गर्न सफल भए । यो भाषण २० औं शताब्दीको शीर्ष अमेरिकी भाषणको श्रेणीमा रहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com