भाउ घटायो भने निगम डुब्छ -आपूर्तिमन्त्री यादव


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

सरकारले पेट्रोलियम पदार्थको गरिएको मूल्य वृद्धिसँगै चौतर्फी रुपमा नागरिकको दैनिकीमा असर परिरहेकाबेला मूल्य बृद्धिको बचाउ गरेको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिले सरकारको साधारण खर्चदेखि सर्वसाधारणको दैनिकीमा असहजता थपिरहेका बेला उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले नेपालबाट भारतमा तेल तस्करी भइरहेको भन्दै यसको बचाउ गर्नु भएको छ ।

आजको संसद बैठकमा मन्त्री यादवले भारतमा भन्दा पेट्रोल २२ रुपैयाँ र डिजेल २५ रुपैयाँ सस्तो रहेकाले तेल तस्करी भइरहेको बताउदै अझै तेल घट्दा आयल निगम डुब्ने भन्दै मूल्य बृद्धिको बचाउ गर्नु भयो । मूल्यवृद्धिपछि पनि आयल निगमलाई ३७ करोड रुपैयाँ घाटा रहेको उहाले बताउनु भयो ।

नेपाल आयल निगमले हवाई इन्धन अन्तारिकतर्फ प्रतिलिटर ५ रुपैयाँको दरले मूल्य बढाएकै दिन रुट अनुसार करिब २ सय २० रुपैयाँसम्म हवाई भाडा पनि बढेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हवाईजहाजको भाडा बढ्दा त्यसले प्रत्यक्ष असर दुर्गम जिल्लाका नागरिक तथा सार्वजनिक तथा ढुवानीका साधनमा पर्ने हुदा खाद्यान्न, तरकारीलगायत अत्यावश्यक वस्तुको ढुवानीमा असर परि नागरिकले महंगीको मार खेप्नु परेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com