भ्रष्टाचार म पनि गर्दिन र गर्नेलाई पनि छोड्दिन -प्रधानमन्त्री ओली


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि भ्रष्टाचार जरैदेखि उखेल्नु पर्ने बताउनु भएको छ । भ्रष्टाचार म पनि गर्दिन र गर्नेलाई पनि छोड्दिन प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रदेश सरकारलाई भ्रष्टाचार विरुद्ध सजग भएर लाग्न आग्रह गर्नुभयो । भ्रष्टाचार विकासको अवरोध रहेको र त्यसलाई उखेल्नु पर्ने ओलीको भनाई छ ।

विकास र जनताका आकांक्षा पूरा गर्नका लागि अहिले देशको परिवेश अनुकुल रहेको र यसलाई प्रदेश तथा केन्द्र सरकारले अवसरको रुपमा लिनु पर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकार सिन्डिकेट विरुद्ध डटेर लागेको स्पष्ट पार्नुभयो । ओलीले सबै अवरोधहरु तोडेर विकासका लागि अघि बढ्न आग्रह गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com