गैंडाको खाग ६५ लाखमा बेच्दै गर्दा रंगेहात पक्राउ


प्रकाशित मिति : जेष्ठ २१, २०७५ सोमबार

दुर्लभ एकसिङ्गे गैंडाको खाग बेच्दै गर्दा एकजना तस्कर रंगेहात पक्राउ परेका छन् ।

नयाँबजारस्थित नयाँपुल एरियामा गैंडाको खागको खरिद-बिक्री र ओसारपसार हुँदै गरेकाे सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, लैनचाैरबाट खटिएको प्रहरी टोलीले खागसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको वेनिघाट रोराङ्ग–५ स्थायी घर भएका १९ वर्षीय जिसन सुनार छन् । गैंडाको खागलाई उनले ६५ लाख रुपैयाँमा माेताेल गरेर बेच्न लागकाे अवस्था पहरीकाे टाेली पुगेपछि उनी पक्राउ परे ।

पक्राउ सुनारमाथि थप अनुसन्धान गर्न हात्तीसारस्थित जिल्ला वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com