बजेटले सबै कुरालाई समेट्न नसकेको प्रदेश सातका अर्थमन्त्री बोहराको गुनासो


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले अहिलेको बजेटले सबै कुरालाई समेट्न नकसेको बताउनु भएको छ ।

मन्त्री बोहराले केन्द्र सरकारले ल्याएको बजेटले समग्र क्षेत्रलाई समेट्न नसकेको बताउँदै प्रदेश सरकारका लागि छुट्याइएको बजेटको सिलिङ्ग बढाउनु पर्ने माग गर्नुभयो । यद्दपि उहाँले केन्द्र सरकारको बजेट समाजवाद उन्मुख भएको उहाँको कथन थियो ।

प्रदेश सरकारका लागि केन्द्र सरकारले छुट्याईएको २१ अर्ब १ करोड बजेटलाई प्राथमिकताका आधारमा खर्च गरिने बताउँदै मन्त्री बोहराले आगामी असार १ गते प्रदेश सरकारले करिब २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री बोहराले संघीयता कार्यान्वयनको संघारमा रहेको बेला ल्याउन लागेको बजेट आधार वर्षको रुपमा रहने बताउनुभयो । उहाँले प्रदेश सरकारले ल्याउने बजेट पिछडा वर्ग, दलित, विपन्न समुदाय, महिला र युवा लक्षित हुने भन्दै आगामी पाँच वर्ष भित्रमा प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com