सुन तस्कर नाइके डा.डेभिडद्वारा आत्मसर्मपण


प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार

सुन तस्करीका अर्का नाइके डा.डेभिड भन्ने छिरिङ वाङ्देल घलेले आत्मसमर्पण गरेका छन्।

आइतबार बिहान कानुन व्यवसायीमार्फत् उनी मोरङ जिल्ला अदालत पुगेका हुन्।

डेभिड सुन तस्कर भुजुङ गुरुङका आफ्नै साला हुन्। भुजुङको सुन तस्करीको लगानी उनले व्यवस्थापन गर्दै आएको अनुसन्धानबाट खुलेको छ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका अधिकांसले बयानमा नाम लिएका डेभिड भिनाजु भुजुङका लागि कामगर्ने गरेको खुलेको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तस्करी भएर आउने सुन नेपालमा व्यवस्थापन गर्नेदेखि गोरे र उनको समुह समेतको व्यवस्थापनको जिम्मेबारी डेभिडकाे काँधमा रहेकाे अनुसन्धानले देखाएकाे छ। साढे ३३ किलो सुन गायब हुनुमा डेभिडको हात रहेको अन्य आरोपीले बयानमा उल्लेख गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com