आयोजना प्रमुखलाई कुलमानको निर्देशन– महिना दिनभित्र उपत्यका छाड्नू
प्रकाशित मिति : जेष्ठ २०, २०७५ आईतबार
Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT
बारम्बार निर्देशन दिँदा पनि निर्माणाधीन आयोजना प्रमुखलगायत कर्मचारीहरु आयोजनास्थलमा नगई काठमाडौंमै बसिरहेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक महिनाभित्र उनीहरुलाई काठमाडौं छाड्न निर्देशन दिएका खबर आजको छ ।
समाचारका अनुसार आयोजनास्थलको कार्यालयमा नबसी काठमाडौं बस्दै आएका आयोजना प्रमुखलगायत कर्मचारीलाई एक महिनाभित्र उपत्यकाभित्र रहेका सम्पूर्ण कार्यालय तथा सम्पर्क कार्यालय बन्द गर्न कडा निर्देशन दिँदै उनले त्यस्ता कार्यालय बन्द नगरे कारवाही गर्ने चेतावनी दिएका छन् ।
आयोजना निर्माणमा ढिलाई हुनुको एक कारण आयोजना प्रमुख तथा कर्मचारीले विभिन्न बहाना बनाई राजधानी मै बस्नु पनि रहेको ठहर गर्दै उनले आयोजनास्थलमै जान र समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन् ।





