अर्थमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार : सांसद झाक्री


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

सांसद रामकुमारी झाक्रीले अर्थमन्त्री युवराज खतिवडाको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण रहेको बताएकी छन् ।

संसदमा जारी बजेट माथिको छलफलमा बोल्ने क्रममा अर्थमन्त्री खतिवडाले बुधबार आफु ‘ट्र्यापमा परेको’ भनेर दिएको अभिब्यक्तिलाई साँसद झाँक्रीले गैरजिम्मेवारपूर्ण भनेकी हुन्।

‘पदमा बसेका ब्यक्तिले यसरी आफु ‘ट्र्यापमा परेको’ भन्नु गैरजिम्मेवार अभिब्यक्ति हो’ उनले भन्निन्, ‘पदमा बस्ने व्यक्तिले आफुले गरेको कामको जिम्मेवारी लिन सक्नु पर्दछ।’

अर्थमन्त्री खतिवडाले बुधबारको पत्रकार सम्मेलनमा संसदभित्र साँसदहरुले राजनीतिक सहमति गरेर आफुलाई ‘ट्र्यापमा परेका’ ले संसदीय क्षेत्रको विकासका लागि साँसदहरुलाई बजेट छुट्याउनु परेको बताएका थिए। अाम जनताको तहमा बिकृत भएको भन्दै व्यापक विरोधका बाबजुद पनि मंगलबार प्रस्तुत गरिएको बजेटमा साँसदहरुलाई ४ करोड रुपैयाँका दरले बजेट बिनियोजन गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संसदीय क्षेत्रका लागि साँसदले बजेट पाउनु पर्ने माग सबै साँसदको नभएको पनि उनले बताइन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com