गोरखा सदरमुकाममा पानीको समस्या हुदा उपभोक्तालाई सास्ती


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

गोरखा । पानीको स्रोत पर्याप्त नभएको र भएका स्रोतको पनि उचित सदुपयोग हुन नसक्दा गोरखा सदरमुकाममा सधै पानीको समस्या हुने त्यहाका बासिन्दाहरु बताउछन् ।

बिहिबार पृथ्वीनारायण सानाशहरी खानेपानी तथा सरसफाई सस्थाले नयाँ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई स्वागत गर्न आयोजित कार्याक्रममा सस्थाका अध्यक्ष विनोद अर्यालले आफ्नो सस्थाले खानेपानी वितरण गरे बताए । सो कार्यक्रममा अर्यालले भने गोरखाबासीले पानीको स्रोतको उचित सदुपयोग गर्न नसक्दा पानीको समस्या भएको बताए ।

उपभोक्ताहरुले नै पानीको उचित सदुपयोग गर्न नसक्नु आफूहरुको कमजोरी भएको भन्दै उनले पानीको समस्या हटाउन सबै उपभोक्ताहरुले स्रोतको संरक्षण र सदुपयोग गर्नृु पर्ने आबश्यक रहेको बताए ।

गोरखाबासीसँग खानेपानीको स्रोत भएपनि त्यसको संरक्षण गर्न नसक्दा सास्ती खेप्नु परेको पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष थापाले बताएका छन् । ‘गोरखाको जनसंख्या दिनदिनै बढ्दो छ’ थापाले भने ‘गोरखामा चौबिसे घण्टा बगिरहने पानीको स्रोत धेरै छन् । त्यसलाई संकलन गरि ब्यबस्थित ढङ्गबाट बितरण गर्न सकेमा समस्या निर्मुल हुनसक्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्याक्रममा बोल्दै साना सहरी खानेपानी महासंघका केन्द्रीय सदस्य तथा पृथ्वीनारायण साना सहरी संस्थाका सुरक्षा संयोजक भाइचन्द्र श्रेष्ठले खानेपानीको समस्या समाधान गर्नका सबैले आ–आफ्नो श्रेत्रबाट बिशेष पहल गर्नुपर्ने तर्क गरे । खानेपानीको समस्या अन्त्य र्गा बैकल्पिक खानेपानीको आयोजना ल्याउँदै भएका स्रोतको उचित संरक्षण गर्नु पर्ने कुरामा श्रेष्ठको जोड थियो ।

नयाँ प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले कार्याक्रममा बोल्दै पानीको समस्या बारे आफू जानकार भएको बताए । मैले सदरमुकाममा पानीको अत्यन्तै समस्या देखेको छु । यसको अन्त्यका लागि सबै एकजुट भएर लाग्नु पर्ने उनले बताए। सदरमुकाममा रहेका समस्या न्युनिकरण गर्न प्रशासन बाट सम्पूर्ण सहयोग गर्ने भटराईले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com