प्रेम प्रकरणले अस्ट्रेलियाका उपप्रधानमन्त्रीको राजीनामा


प्रकाशित मिति : फाल्गुन १२, २०७४ शनिबार

प्रेम सम्बन्धले अप्ठयारो स्थिति आएपछि अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा नेशनल पार्टीका प्रमुख बार्नवी जोयसले पदबाट राजीनामा दिएका छन्।

सत्ता साझेदार पार्टीका नेतासमेत रेहका जोयसकी प्रेमीका गर्भवती भएपछि सञ्चार माध्यमले यसबारा खबर निकै महत्वका साथ प्रकाशित गरेका थिए।

नैतिक रूपमा देशका उप प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने आवाज उठदै आए पनि केही दिनदेखि जोयस आन्तरिक छलफलमा ब्यस्त थिए। तर, शनिबार उनका अन्य महिला सँग पनि उठबस रहेको समाचार आउन थालेपछि बाध्य भएर जोयसले पार्टी र उपप्रधानमन्त्री पदबाट राजीनामा दिने निर्णय गरेका हुन्।

जोयस आफ्नै पार्टी कार्यालयमा काम गर्ने पूर्वकर्मचारीसँगको प्रेम सम्बन्धका थिए। उनले यही सोमबार हुने पार्टीको बैठकबाट आफूले पार्टी प्रमुखबाटसमेत राजीनामा दिने जानकारी दिएका छन्।

उपप्रधानमन्त्री जोयसको आफ्नै पार्टी कार्यलयमा काम गर्ने एक महिलासँगको प्रेम कहानी करिब ३ साताअघि मात्र सार्वजनिक भएको थियो। विपक्षी तथा आफ्नै दलका केही नेतालेसमेत जोयसले राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए।

 

जोयसले अहिले कार्यवाहक अध्यक्षमाथि यस कोरम्यानलाई आफूले पदबाट राजीनामा दिने विषयमा जानकारी गराए हुन्। जोयसले पार्टी प्रमुख तथा उपप्रधानमन्त्रीबाट राजीनामा दिए पनि सांसदका रुपमा भने उनी कायमै रहनेछन्।

केही महिनाअघि चर्चित दोहोरो नागरिकता काण्डमा सांसद पद गुमाएका जोयसले पुनः सोही स्थानबाट चुनाब जितेका थिए। जोयस प्रमुख रहेको नेशनल पार्टी अहिले अष्ट्रेलियामा सत्तासिन सरकारको मुख्य साझेदार पार्टी हो।

जोयसलाई अन्य केही महिलामाथि दुर्बब्यबहार गरेको आरोप लागे पनि उनले यसलाई झुठो भएको र पूर्णरूपमा अनुसन्धान गरिनुपर्ने बताउँदै आएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com