क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

विश्वकप छनोट प्रतियोगितामा पुग्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई सरकारले जनही ३ लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा विजेता टोलीको स्वागत गर्दै प्रधानमन्त्री केपी ओलीले उक्त घोषणा गरेको टोलीका मेनेजर रमण शिवाकोटीले बीबीसीलाई बताए।

त्यसैगरी मदन भण्डारी स्पोर्ट्स एकेडेमीले पनि टोलीका सदस्यलाई जनही एक लाख रुपियाँ थपिदिने घोषणा गरेको शिवाकोटीले बताए।

यात्रा

शुक्रवार नेपाली टोली विश्वकप छनोट खेल्न जिम्बाब्वे जान लागेको हुनाले सोही दिन प्रधानमन्त्री ओलीले टोलीलाई विदाई गर्ने र पुरस्कार वितरण गर्ने बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिम्बाब्वेमा हुने छनोट प्रतियोगितामा समुह बी मा नेपाल सहित अफगानिस्तान, स्कटल्याण्ड, जिम्बाब्वे र हङकङ रहेका छन्।

गतहप्ता नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बन्दै राष्ट्रिय क्रिकेट टोली अर्को महिना हुने एकदिवसिय विश्वकपको छनोट प्रतियोगिता खेल्न योग्य भएको थियो।

सो प्रतियोगितामा नेपालले समुह चरणमा नामिबिया, युएई, केन्या र क्यानाडालाई पराजित गर्दै समूह विजेताको रुपमा उत्कृष्ट २ मा प्रवेश गरेको थियो। फाइनलमा भने नेपाली टोली युएईसंग पराजित भएको थियो।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com