विकास र सुशासनको कामलाई अघि बढाउन सरकारलाई कार्यदलको सुझाव


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

फागुन ७, काठमाडौं, नयाँ सरकारको विकास र सुशासनसम्बन्धी प्राथमिकता निर्धारण गर्न गठित वाम कार्यदलले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ । कार्यदलले आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो ।

संविधान र वाम गठबन्धनले तयार पारेको घोषणापत्रमा आधारित भएर नयाँ सरकारको विकास र सुशासनसम्बन्धी प्राथमिकता निर्धारण गरिएको कार्यदलका संयोजक एवं एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । कार्यदलले ५ वर्षभित्र जनताका आधारभूत समस्या समाधान हुने गरी विकास र सुशासनको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिएको छ ।

त्यस्तै समाजबादउन्मुख आर्थिक–समाजिक रुपान्तरण हुने गरी विकास, निमार्णका कामलाई नयाँ सरकारले युद्धस्तरमा अघि बढाउनु पर्नेमा जोड दिइएको पनि उनले बताए, कारोबारमा खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com