प्रदेश नम्बर २ का सांसदले देखाए यस्तो आवारापन


प्रकाशित मिति : फाल्गुन ६, २०७४ आईतबार

फागुन ६, प्रदेश सांसदबाट जनताले के अपेक्षा गर्ने ? यसको जवाफ पनि सांसदहरुले नै दिनु उपयुक्त हुन्छ । प्रदेश नम्बर २ का सांसदहरुले भने संसद भवनभित्र बैठक चलिरहँदा गतिलै जवाफ दिएका छन् । यहाँ प्रस्तुत गरिएका केही तस्विर हेर्ने हो भने सांसदहरुको असंवेदनशिलता र लापरवाहीपन प्रष्टै देखिन्छ । तपाईँले पनि यी तस्विर हेर्नुभयो भने उनीहरुको नियत बुझ्न कठिन छैन ।

प्रदेश नम्बर २ को संसद बैठक चलिरहँदा सांसदहरुले देखाएको आवारापन हो यो । बैठक जारी रहँदा उनीहरु फोनमा बोलिरहेका छन् । कसैले त भिडियो नै खिचेका छन् । केही सांसद भने मस्तसँग निदाइरहेका छन् । प्रदेशसभाका सांसदहरु प्रारम्भिक बैठकमै यतिसम्म आवारापन देखाउँछन् भने उनीहरुसँग के अपेक्षा गर्ने
? आगामी ५ वर्षमा ती सांसदले जनताको लागि के गर्लान् ? बैठक चलिरहँदा फोन स्विच अफ गर्नुपर्ने होइन ? अर्थात् बैठकमा भएका बहसबारे उनीहरु कत्ति पनि संवेदनशील देखिएनन् । यसले के पुष्टि हुन्छ भने उनीहरु जनताको मतदान र विश्वासमाथि लात हानिरहेका छन् । मधेसमा भएका आन्दोलनमा थुप्रैले ज्यान गुमाए । उनीहरुकै बलमा संघीय राज्य स्थापित भयो । फेरि मतदान गरी नेता पनि चयन गरे । तर ती सबै जनप्रयास यस्तै आवारापन देख्नलाई थियो त ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com