निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास आज छाड्ने


प्रकाशित मिति : फाल्गुन ४, २०७४ शुक्रबार

फागन ४, काठमाडौ । आज शुक्रबार निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गरेका छन् । हिजो विहीवार एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेपछि देउवाले सरकारी निवास छाड्न लागेका हुन् ।
देउवाले दिउँसो एक बजेपछि निवास छाड्ने देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । बालुवाटारस्थित निवासबाट देउवाका धेरैजसो सामान भने बिहीबार नै बुढानिलकण्ठस्थित निजी निवासमा लगिसकिएको समेत परियारले बताए । ०७३ जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा असार ५ गते बालुवाटार सरेका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com