सुस्त मनस्थिती भएकी बालिका बलात्कार गर्ने पक्राउ


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

–महिला खबर–

काठमाडौं । सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय लमजुङले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बनेपा धुलिखेल घर भई हाल लमजुङ राईनास नागरपालिका ६ मा बस्दै आएका ५६ वर्षीया ज्ञानबहादुर लामालाई रहेका छन् ।

लामाले गत मंगलबार बालिकालाई खरबारीमा लगेर बलात्कार गरेर फरार भएका थिए । उनलाई मंगलबार नै लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको हो । उनलाई प्रहरीले जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान थालेको छ ।

लामाले बलात्कार गरेको ठहर भएमा ८ देखि १२ वर्षसम्मको कैद सजाय र पीडित अपांग भएका कारण थप ५ वर्ष सजाय हुने कानूनी व्यवस्था छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com