अब नेपालको आफ्नै स्याटेलाइट


प्रकाशित मिति : आश्विन २१, २०७३ शुक्रबार

सरकारले नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्नका लागि बोलपत्र आह्वान गरेको छ । लामो समयदेखि नेपालले आफ्नै स्याटेलाइट राख्ने चर्चा गरिएपनि पहिलोपटक सरकारले बोलपत्रमार्फत विश्वभरका इच्छुक कम्पनीलाई आशयपत्र पेस गर्न आह्वान गरेको छ ।

करिब डेढ महिनाअघि सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई स्याटेलाइटको प्रक्रिया अघि बढाउन जिम्मेवारी दिएपछि बिहीबार प्राधिकराण्ले अशयपत्र माग गरेको कान्तिपुरमा खबर छ  ।

‘हामीले स्याटेलाइट राख्ने, सञ्चालन गर्ने र मर्मतसम्भार गर्ने कार्यका लागि आशयपत्र माग गरेका छौं।’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘इच्छुक कम्पनीले आगामी मंसिर ६ गतेसम्ममा आशयपत्र पेस गरिसक्नुपर्नेछ ।’

प्राधिकरणले गत वर्ष पनि स्याटेलाइटको प्रक्रिया गघि बढाउन परामर्शदाताका लागि भन्दै आशयपत्र माग गरेको थियो । त्यसबाट ५ वटा कम्पनीको सर्ट लिस्र्ट तयार पारेको थियो । तर, सञ्चार मन्त्रालय र प्राधिकरणले एकै प्रकृतिको काम गरिरहेको भन्दै यो प्रक्रियालाई सरकारले बीचैमा रोकेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com