अन्तरजातीय विवाह गर्दा बलात्कार र अपहरण मुद्धा


प्रकाशित मिति : आश्विन २०, २०७३ बिहीबार

तीन साताअघि भएको अन्तरजातीय विवाहका जोडीविरुद्ध अभिभावकहरू लागेपछि तनाव सुरु भएको छ । कुश्मीसेरास्थित शान्ति उच्चमाध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत बबिन परियार र हेमन्ती थापाले गत २८ भदौमा प्रेम विवाह गरेका थिए । उनीहरूको विवाहविरुद्ध केटीतर्फका अभिभावक लागेपछि तनाव सिर्जना भएको छ ।

केटीका अभिभावकले केटाविरुद्ध अदालतमा बलात्कार मुद्दा दायर गरेका छन् । सो घटनापछि केटा सम्पर्कविहीन भएकाले केटा पक्षले अपहरण परेको अनुमान गरेको छ । बेपत्ताको खोजी गरिदिनका लागि सहयोग गर्न पीडित केटा पक्षले मानव अधिकारकर्मी, सञ्चारकर्मी र प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

२०५७ साल जन्ममिति भएका दुवैजना १६ वर्षको भएकाले भागी विवाह गर्ने उमेर नभएको भन्दै अघिल्लो साता प्रहरीमा सर्वदलीय राजनीतिक संयन्त्र र दुवै पक्षका अभिभावक बसेर छलफल गरी केही समय आ–आफ्नो घरमा राख्ने निर्णय गरेका थिए । सो निर्णयपछि प्रहरी परिसरबाटै भागेका उनीहरूलाई केटी पक्षले आरोप प्रत्यारोप र बलात्कार गरेको आरोप लगाएपछि तनाव सिर्जना भएको संयुक्त राजनीतिक संघर्ष समिति बागलुङका संयोजक धनबहादुर परियारले बताएका राजधानीमा खबर छ ।

केटा दलित परिवारको र केटी जनजाति परिवारको भएकाले यस घटनामा जातीय विभेद भएको उनीहरूले ठहर गरेका छन् । २१औं शताब्दीमा आएर पनि छुवाछुतको विभेद कायमै रहनु लज्जास्पद र दुर्भाग्यपूर्ण भएको भन्दै उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरी बुधबार पत्रकार सम्मेलनसमेत गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com