प्रचण्डले भने, प्रधानमन्त्री भएरै चितवन आउँछु


प्रकाशित मिति : फाल्गुन १, २०७४ मंगलबार

फागुन १, चितवन । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ढिलो–चाँडो प्रधानमन्त्री हुने बताएका छन् ।

पश्चिम चितवनको गौरीगञ्ज माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आएका प्रचण्डले भने, “अहिले टुंगिएको त छैन । तर, ढिलो–छिटो प्रधानमन्त्री भएर आउँछु ।”

उनले बोल्नुअघि मन्तव्यका क्रममा कांग्रेस प्रतिनिधिले प्रचण्डलाई प्रधानमन्त्री भएर चितवन आउन शुभकामना दिएका थिए ।

नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री हुने सहमतितर्फ संकेत गर्दै उनले भने, “ढिलो छिटो म सरकार प्रमुख हुन्छु ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्बोधनका क्रममा प्रचण्डले गरिब देश भएका कारण आफूले नोबल पुरस्कार नपाएको गुनासो गरे । उनले भने, “बृहत शान्ति सम्झौता गर्ने कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र आफू गरिब देशकै भएकाले पश्चिमाहरुले त्यति महत्व दिएनन् । यद्यपि अहिले भने पश्चिमाहरुले नेपालको शान्ति प्रक्रियाबारे अध्ययन थालेका छन् ।”

यसअघि जनयुद्धको २३औँ वार्षिकोत्सवका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रचण्डले नेपालमा समाजवाद स्थापनाका लागि कम्प्युनिष्ट पार्टीहरु मिल्नुपर्नेमा जोड दिँदै जनयुद्ध दिवसकै दिन एमालेसँग पार्टी एकताको टुंगो लगाउने बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com